मिटरब्याज पीडितसँग वार्ताका लागि सरकारद्वारा टोली गठन

मिटरब्याज पीडितसँग वार्ताका लागि सरकारद्वारा टोली गठन

काठमाडौं : सरकारले मिटर ब्याज पीडितहरूसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ। सरकारले गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता टोली गठन गरेका हो।

बर्दिबासदेखि ११ दिनको पैदल यात्रा गरेर मिटरब्याज पीडितहरू आइतबार काठमाडौं आएका थिए। यसपछि उनीहरूले सोमबारदेखि आन्दोलन थालेका छन्। 

सोमबार राति खुलामञ्चमा बस्न लागेका उनीहरुलाई महानगरपालिकाले रोकेको थियो।

वार्ता टोलीमा सदस्यहरूमा गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका जंगबहादुर डाँगी रहेका छन्।

१४ चैत, २०७९, १२:१४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।