थ्री नेसन्स कप : फाइनल प्रवेशका लागि नेपाल र भुटानको भिडन्त

थ्री नेसन्स कप : फाइनल प्रवेशका लागि नेपाल र भुटानको भिडन्त

काठमाडौं : नेपालले आज प्रधानमन्त्री थ्री नेसन्स कपमा भुटानसँग खेल्दैछ। दशरथ रंगशालामा हुने लिग चरणको अन्तिम खेल साँझ ६ बजेदेखि सुरु हुनेछ।

नेपाललाई फाइनलमा पुग्न आजको खेलमा बराबरी नै पर्याप्त हुनेछ। साथै कम्तीमा एक गोल अन्तरले हारे पनि नेपाल फाइनलमा पुग्न सक्छ।

भुटानले भने अन्तिम दुईमा प्रवेशका लागि नेपाललाई  कम्तीमा २ गोल अन्तरले हराउनु पर्ने हुन्छ।

समूह चरणको पहिलो खेलमा नेपालले लाओसलाई २-० गोलले हराएको थियो। भुटान भने लाओससँग २-१ ले पराजित भएको थियो। 

१४ चैत, २०७९, ०९:४०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।