बुटवलमा ४० जना ‘मर्यादित चालक’ सम्मानित

बुटवलमा ४० जना ‘मर्यादित चालक’ सम्मानित

बुटवल : रुपन्देहीमा ४० जना ‘मर्यादित चालक’लाई सम्मान गरिएको छ।

सुरक्षित यात्रा नेपालले बुटवल उपमहानगरपालिकाको सहकार्यमा सोमबार बस, ट्रक, जीप, भ्यान, ट्याक्सी लगायतका साधन दशकौंसम्म चलाउँदा पनि दुर्घटना नभएका ४० जना चालकलाई सम्मान गरेको हो।

सवारी चालकको पेशालाई मर्यादीत र सम्मानजनक बनाउन तथा ट्राफिक नियमको उलंघन गर्नेलाई सवक सिकाउनका लागि बुटवलमा कार्यक्रम गरि मर्यादित चालकलाई सम्मान गरिएको सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्णप्रसाद बेल्बासेले जानकारी दिए।

मर्यादित चालकलाई सम्मान गर्दै बुटवल उपमहानगर पालिकाका मेयर खेलराज पाण्डेले चालकको पेशालाई पनि सम्मानजनक पेशाका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। चालकले प्रयोग गर्ने भाषा र चालकलाई सम्बोधन गर्ने भाषामा शिष्टता हुनुपर्ने उनले बताए।

कार्यक्रममा सहभागीहरूले सम्मानित हुने सवारी चालकलाई बधाई दिँदै दुर्घटना न्यूनिकरणमा सडक, सवारी र चालक सबैको भूमिका सकारात्मक हुनुपर्ने बताए।

१३ चैत, २०७९, १९:४५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।