गृह जानेबारे नारायणकाजी– ‘प्रधानमन्त्रीको निर्णयअनुसार गर्छु’

गृह जानेबारे नारायणकाजी– ‘प्रधानमन्त्रीको निर्णयअनुसार गर्छु’

काठमाडौं : उप–प्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू पार्टी र प्रधानमन्त्रीको निर्णयअनुसार अघि बढ्ने बताएका छन्।

सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आफू पार्टी र प्रधानमन्त्रीको निर्देशनअनुसार अघि बढ्ने बताए।

‘तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘म पार्टीको सिफारिस, प्रधानमन्त्रीको निर्णय र निर्देशनअनुसार काम गर्छु। अहिले त्यसबारेमा कुनै निर्णय भएको छैन।’

त्यस अवसरमा मन्त्री श्रेष्ठले केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउनेसमेत दाबीसमेत गरे।

‘हामी छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छौं,’ उनले भने, ‘केही दिनभित्रै हुन्छ।’

राजनीतिक समीकरण परिवर्तन भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याउने तयारी गरेका छन्।

१३ चैत, २०७९, १६:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।