ललितपुर मेयर कपमा आयोजक विरुद्ध मधेस प्रदेश १ विकेटले विजयी

ललितपुर मेयर कपमा आयोजक विरुद्ध मधेस प्रदेश १ विकेटले विजयी

काठमाडौं : मधेस प्रदेशले ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई १ विकेटले पराजित गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ललितपुर मेयर्सले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९६ रन बनायो।

ललितपुरका लागि सोनी पाख्रीनले सर्वाधिक ३४ रन जोडेकी थिइन्।

यसपछि मधेस प्रदेशले ९७ रनको विजय लक्ष्य अन्तिम ओभरमा नौ विकेट गुमाउँदै पूरा गर्यो। मधेसका लागि सरस्वती कुमारीले अविजित ३२ रनको योगादन दिएकी थिइन्।

१३ चैत, २०७९, १४:०६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।