अनेरास्ववियुका समीर वन विज्ञान अध्ययन संस्थान पोखरामा स्ववियु सभापति निर्वाचित

अनेरास्ववियुका समीर वन विज्ञान अध्ययन संस्थान पोखरामा स्ववियु सभापति निर्वाचित

पोखरा : वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका समीर कार्की विजयी भएको छन्।

आइतबार भएको निर्वाचनमा कार्कीले प्रतिस्पर्धी नेविसंघका मुबारक अलि गद्दीलाई १५९ मतले पराजित गरेका हुन्।

४८० मतदाता रहेको क्याम्पसमामा कुल ४३४ मत खसेको थियो। जसमध्ये कार्कीले २९५ मत ल्याउँदा नेविसंघका अलिगद्दीले १४७ मत ल्याएका छन । 

स्ववियु निर्वाचनका लागि एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका थिए। जसमा गठबन्धनसहितको प्यानल नै विजयी भएको छ।

अनेरास्ववियुलाई सभापति, कोषाध्यक्ष, ३ सदस्य र अखिल क्रान्तिकारीलाई सचिव र दुई सदस्यको भागबन्डा गरेर संयुक्त प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। 

सचिवमा क्रान्तिकारीका धिराजन परियार र कोषाध्यक्षमा अनेरास्ववियुका सुस्मिता कोइराला विजयी भएका छन्।

यही चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकिए पनि विभिन्न माग राखेर अनेरास्ववियुले स्ववियुको कार्यलयमा तालाबन्दी गरेका कारण निर्वाचन रोकिएको थियो।

विद्यार्थी संगठनबीच स्ववियुमा लगाइएको ताला खोल्ने सहमति भए सँगै क्याम्पसमा चुनाव भएको हो।

१३ चैत, २०७९, १३:५०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।