फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा नायिका स्वस्तिको भूमिका लिक भयो

फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा नायिका स्वस्तिको भूमिका लिक भयो

काठमाडौँ : विपिन कार्की भष्मे डन बनेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’ मा नायिका स्वस्तिमा खड्काको गेट अप लिक भएको छ।

पशुपति क्षेत्रमा भइरहेको सुटिङ हेर्ने दर्शकरुले उनको गेटअप सार्वजनिक गरिदिएका हुन्। सार्वजनिक भएको तस्विरमा स्वस्तिमा दुर्गा माताको गेटअपमा देखिएकी छिन्।

फिल्मको छायांकनस्थलमा नायक विपिनसँगै सौगात मल्ल पनि छन्। फिल्म दीपेन्द्र के खनालले निर्देशन गरिरहेका छन्।  फिल्ममा स्वस्तिमाको चरित्र विशेष रहेको निर्माण टिमका सदस्यले दाबी गरिरहेका छन्। 

खगेन्द्र लामिछानेको कथा रहेको फिल्मको छायाङ्कन नीरज कँडेलले गरिरहेका छन्। चैत १० गतेबाट सुरु भएको छायाङ्कन ३० दिनमा सक्ने निर्माण टिमको लक्ष्य देखिन्छ।

१२ चैत, २०७९, २३:१४:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।