संसद्मा हिँड्दा ख्याल नगर्दा  काँग्रेस उपसभापति पूर्णबहादुरले माफी मागे

संसद्मा हिँड्दा ख्याल नगर्दा  काँग्रेस उपसभापति पूर्णबहादुरले माफी मागे

काठमाडौँ : सांसद बोलिरहेको बेला अगाडिबाट हिँड्दा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसद्मा माफी माग्नु परेको छ।

प्रतिनिधि सभा नियमावली अनुसार सभामुखको आसन र बोलिरहेको सदस्यको बिचबाट हिँड्न पाइँदैन। तर खड्का आइतबारको बैठकमा हिँडेका थिए।

एमालेका सचेतक महेश बर्तौलाले नियमावलीको उलङ्घन भएको भन्दै संसद्मा नियमापत्ति जनाएपछि खड्काले माफी मागेका थिए।

बर्तौलाले सदनको गरिमालाई धज्जी उडाउने काम भएको भन्दै नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले उचित ध्यान पुर्याउन सदनमा निर्देशन दिएका थिए। त्यसपछि खड्काले बोल्दै भने ‘अनदेखा कारणले नियमावलीको त्यो दफालाई उल्लङ्घन गरेँ। त्यसका लागि म क्षमा चाहन्छु।’

१२ चैत, २०७९, १६:२६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।