रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुखको स्पष्टीकरण– म एमाले होइन
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायण प्रसाद प्याकुरलेले आफू एमाले नभएको स्पष्टीकरण दिएका छन्।
स्थानीय निर्वाचन अगाडि नै आफूले एमालेको संगठित सदस्यबाट राजीनामा दिए पनि एमाले पार्टीले संगठित सदस्यको सूचीबाट हालसम्म नाम नहटाएको भन्दै उनले एक विज्ञप्ति नै निकालेका छन्।
गत माघ ८ गते बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले प्याकुरेललाई केन्द्रीय निर्वाचन आयोगको सदस्यमा मनोनित गरेको थियो। शुक्रबार मात्र उनले रास्वपाको प्रारम्भिक निर्वाचनको कार्यतालिका निकालेका थिए।
मंसिरमा भएको प्रदेश र संघीय निर्वाचनअघि उनी रास्वपालाई समर्थन गर्दै आएका थिए।
चैत ११, २०७९ शनिबार २०:३३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।