तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

बुटवल : बुटवलको एन्फा टेक्निकल सेन्टरमा जारी २२औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मर्स्याङदी क्लबले उचालेको छ।

शनिबार भएको फाइनलमा सुदूरपश्चिम ११ लाई सडन डेथमा पराजित गर्दै मनाङ मर्स्याङदीले उपाधि जितेको हो। उपाधिसँगै क्लबले नगद ११ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ।

सुदूरपश्चिम ११ ले भने ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँमा चित्त बुझायो। सडन डेथअघि नियमित समयको खेलमा दुवै टिमबाट १/१ गोल भएको थियो।

५८औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङलाई अग्रता दिलाए पनि ७०औं मिनेटमा सुदूरपश्चिम ११ का फागुराम थारुले गोल फर्काउँदै खेललाई बराबरीमा पुर्याए।

त्यसपछिको समयमा कुनै पनि थप गोल हुन सकेन र खेलको निर्णय पेनाल्टी सुटआउट मार्फत लिइएको थियो। पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो।

२१औं संस्करणको उपाधि क्यामरुनले दाउफिन्स क्लबले जितेको थियो।

११ चैत, २०७९, १८:०४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।