सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने, माओवादीले भन्यो– ‘होमवर्कले ढिला भयो’

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने, माओवादीले भन्यो– ‘होमवर्कले ढिला भयो’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

शनिबार बसेको माओवादी पदाधिकारी बैठकमा उनले सोमबारसम्म सरकार विस्तारको काम टुंग्याउने गरी काम भइरहेको ब्रिफिङ गरेको माओवादी केन्द्रका सचिव एवं सांसद् देवेन्द्र पौडेलले जानकारी दिए।

सरकार विस्तारका लागि गठबन्धनमा भएका दलका प्रमुखहरूले प्रधानमन्त्रीलाई छुट्टाछुट्टै छलफल गरेर प्रस्ताव गर्ने जिम्मेवारी दिएकाले सोहीअनुसार काम भइरहेको उनले बताए।

‘सबै दलसँग छलफल भइसक्यो, भोलि बेलुका वा पर्सी विहानसम्म प्रधानमन्त्रीले गठबन्धन दलहरूको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ,’ सचिव पौडेलले भने, ‘टुंग्याउन नसक्ने विषय भएर अल्झिएको होइन, होमवर्कका कारणले ढिला भाको हो।’

उनका अनुसार शनिबारको बैठकमा मुख्यगरी संसदलाई दिने बिजनेस र मन्त्रिपरिषद् विस्तारसँगै पार्टीको संगठनको बारेमा सामान्य छलफल भएको छ।

११ चैत, २०७९, १७:३५:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।