माओवादी केन्द्रको पदाधिकारी बैठक जारी, सरकार विस्तारबारे छलफल

माओवादी केन्द्रको पदाधिकारी बैठक जारी, सरकार विस्तारबारे छलफल

काठमाडौं : माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केही बेर अगाडिदेखि बसिरहेको छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने अध्यक्षको सचिवालयले जनाएको छ।

पछिल्लो समय मन्त्रालय भागबण्डाको विषय पेचिलो बन्दै जाँदा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। एमाले र राप्रपा सरकारबाट बाहिरिएपछि उनीहरूले छाडेका सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन्।

चैत १० गतेसम्म सरकारलाई पूर्णता दिने बताउँदै आएका दाहालले अझै सरकार विस्तार गर्न सकेका छैनन्। यद्पि, अबको एक दुई दिनमै सरकारलाई पूर्णता दिने दाबी भने छाडेका छैनन्।

चैत ११, २०७९ शनिबार १६:५६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।