श्रमप्रति सम्मान हुने साम्रग्री प्रसारण गर्न सामुदायिक रेडियोलाई राष्ट्रपतिको सुझाव

श्रमप्रति सम्मान हुने साम्रग्री प्रसारण गर्न सामुदायिक रेडियोलाई राष्ट्रपतिको सुझाव

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले श्रमप्रति सम्मान र कामप्रति गर्व महसुस हुने सामग्री प्रसारण गर्नुपर्ने बताएका छन्।

सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)का कार्यसमितिसँग शनिबार शीतल निवासमा भेट गर्दै राष्ट्रपति पौडेलले सामुदायिक रेडियोहरू दुर्गम भेगका समुदायसम्म पनि सहज रूपमा पुगेको र समुदायसँग घुलमिल भएकाले सामुदायिक रेडियोले ‘श्रम संस्कृति’लाई प्रोत्साहन गर्ने खालका सामग्री प्रसारण गर्नुपर्ने सुझाव दिएका हुन्।

श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भए पनि अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको भन्दै उनले यो धारणा बदल्न र काम प्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा प्रदान गर्न पर्ने सामुदायिक रेडियोको दायित्व भएकोमा जोड दिए।

भेटघाट कार्यक्रममा संघका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई सफल कार्यकालको शुभकामना दिँदै सामुदायिक रेडियोहरूको पनि अभिभावक बन्न आग्रह गरे।

उक्त अवसरमा अध्यक्ष गिरीले राष्ट्रपति पौडेललाई रेडियो सेट उपहार दिनुभएको थियो । उपहार लिँदै राष्ट्रपति पौडेलले भन्नुभयो, 'यो मलाई आवश्यक थियो ।'

चैत ११, २०७९ शनिबार १६:१४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।