उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् :​​​​ मन्त्रिपरिषदले एक-दुई दिनभित्रै पूर्णता पाउँछ

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् :​​​​ मन्त्रिपरिषदले एक-दुई दिनभित्रै पूर्णता पाउँछ

काठमाडौं : उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषदले एक-दुई दिनभित्रै पूर्णता पाउने बताएका छन्।

शनिबार ललितपुर चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेका हुन्।

हाल मन्त्रिपरिषद विस्तारका लागि मन्त्रालय बाँडफाँडको विषयमा सत्तारूढ दलहरुबीच असमझदारी बढिरहेको अवस्था छ।

कार्यक्रममा उनले मुलुकको अर्थतन्त्र अहिले गम्भीर अवस्थामा रहेको र मन्त्रिपरिषद विस्तारपछि यसका समस्या समाधानका लागि लाग्ने बताए।

‘देशको अर्थतन्त्र अहिले सामान्य छैन। हामीले त्यसलाई सकारात्मक हस्तक्षेप गर्दै समाधान गर्नुछ। जसका लागि सरकार गम्भीर छ,’ उनले भने, ‘एक दुई दिनभित्रै मन्त्रिपरिषद विस्तारले पूर्णता पाउँछ। त्यसपछि हामी यस बारेमा आवश्यक परामर्श गरेर प्रभावकारी ढंगले कदम चाल्ने गरी अगाडि बढछौं।’

११ चैत, २०७९, १३:४९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।