धनुषामा दुईवटा ट्रक जुध्दा तीन जनाको ज्यान गयो

धनुषामा दुईवटा ट्रक जुध्दा तीन जनाको ज्यान गयो

धनुषा : धनुषाको मिथिला नगरपालिकाका-३ मा दुई वट ट्रक आपसमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ।

आज (शनिबार) बिहान करिब ४ बजे पूर्व-पश्चिम राजमार्गमा यो दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ६७७८नम्बरको ट्रक र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोक्किंएका हुन्।

दुर्घटनामा परी ना ६ ख ६७७८ नम्बरको ट्रक चालक सुनसरीका २८ वर्षीय सागर चौधरी र सहचालक ३० वर्षीय अर्जुन चौधरीको मृत्यु भएको छ।

त्यसैगरी अर्का ट्रकका सहचालक मोरङ बेलवारी-८ बस्ने ४४ वर्षीय लोकमान थापाको पनि मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका छन्।

११ चैत, २०७९, १२:५२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।