अफगानिस्तानले निकाल्यो पाकिस्तानविरुद्ध आफ्नो क्रिकेट इतिहासकै पहिलो जित

अफगानिस्तानले निकाल्यो पाकिस्तानविरुद्ध आफ्नो क्रिकेट इतिहासकै पहिलो जित

एजेन्सी : अफगानिस्तानले आफ्नो क्रिकेट इतिहासमै पहिलो पटक पाकिस्तानलाई हराउँदै नयाँ रेकर्ड कायम गरेको छ।

गए राति भएको तीन म्याचको टी-२० सिरिजको पहिलो खेलमा अफगानिस्तानले पाकिस्तानलाई ६ विकेटले हरायो।

शारजाहमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ९२ रनको कमजोर योगफल बनाएको थियो।

टिमका प्रमुख खेलाडीहरूलाई विश्राम दिइएको खेलमा पाकिस्तानका लागि इमाद वासिमले ३२ बलमा सर्वाधिक १८ रन बनाए। 

अफगानिस्तानका लागि भने बलिङमा ​​​​​​​मुजिबुर रहमान, मोहम्मद नाबी र फारुकीले दुई/ दुई विकेट लिए।

जवाफमा ९३ रनको सहज विजय लक्ष्य अफगानिस्तानले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।

अफगानिस्तानको जितमा मोहम्मद नाबीले ३८ बलमा ३ चौका र १ छक्कासहित अविजित ३८ रनको योगदान दिएका थिए।

यो जितसँगै अफगानिस्तानले सिरिजमा १-० को अग्रता बनाएको छ। पाकिस्तानविरुद्ध हालसम्म कुनैपनि क्रिकेट खेलमा अफगानिस्तानको यो पहिलो जित हो।

११ चैत, २०७९, ०९:१८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।