आज मौसम सामान्यतया सफा रहने, पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

आज मौसम सामान्यतया सफा रहने, पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं : आज (शनिबार) देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षा हुने र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी ,बागमती र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।

आज राति कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका बाँकी भू-भागमा भने आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

११ चैत, २०७९, ०७:१७:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।