यता ‘भष्मे डन’को छायांकन गर्दै विपिन, उता ‘एनिमल’बाट रणबीरको लुक लिक

यता ‘भष्मे डन’को छायांकन गर्दै विपिन, उता ‘एनिमल’बाट रणबीरको लुक लिक

एजेन्सी : अभिनेता विपीन कार्कीले खेल्ने भनेर चर्चा चलेको बलिउड फिल्म ‘एनिमल’को सेटबाट रणबीर कपूरको लुक लिक भएको छ।

छायांकन भइरहेको फिल्मको सेटबाट रणबीरको लुक सार्वजनिक भएको हो। अभिनेता रणबीर लामो कपाल र दाह्रीसहित अस्पतालमा देखिएका छन्। भिडियोमा रणवीरले अस्पतालको लुगा लगाएको देख्न सकिन्छ।

रणवीरको यो नयाँ लुक देखेपछि फ्यानहरूको मिश्रित प्रतिक्रिया आएको छ। कतिपयले रणबीरको लुकको तरिफ गरिरहेका छन् भने कतिपयले कबीर सिंहसँग तुलना गरेका छन्।

सन्दीप वांगाको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता रणवीर कपूर र रश्मिका मन्डन्नाले सँगै काम गर्दैछन्। यहि फिल्ममार्फत रणवीर र रश्मिका पहिलो पटक ठूलो पर्दामा सँगै देखिनेछन्।

एक समय ‘एनिमल’ फिल्ममा विपिन कार्कीले खेल्ने भनेर व्यापक चर्चा चलेको थियो। त्यसकै लागि उनी पटक–पटक मुम्बई मात्र गएनन्, अफर आएका नेपालीहरूसँग समेत सम्झाैता गरेनन्।

विपिन अभिनित ‘पशुपतिप्रसाद २ भष्मे डन’को छायांकन पशुपतिबाट सुरू गरिएको छ। उनी अहिले सोही फिल्मको सुटिङमा व्यस्त भएका छन्।

चैत १०, २०७९ शुक्रबार २०:५४:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।