उप-निर्वाचनमा रास्वपाले तीनै क्षेत्रमा उम्मेदवार उठाउने, चितवन-२ को संयोजक डाेलप्रसाद
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखमा हुने उप-निर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उप-निर्वाचन हुने चितवन-२, तनहुँ-१ र बारा-२ मा उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता एवं महामन्त्री डा.मुकुल ढकालले जानकारी दिए।
बैठकले उपनिर्वाचन हुने ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ।
जसमा चितवनमा उप-सभापति डोलप्रसाद अर्याल, तनहुँमा सह-महामन्त्री कबिन्द्र बुर्लाकोटी र बारामा गणेश कार्की संयोजक तोकिएका छन्।
तीनमध्ये चितवन-२ मा सभापति रवि लामिछाने नै आकांक्षी देखिएका छन् भने बाँकी अन्य स्थानमा उम्मेदवारकाे टुंगो लागेको छैन।
चैत १०, २०७९ शुक्रबार १८:००:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।