बसन्त कुँवर बने नेपाल प्रहरीको ३०औं आईजीपी

बसन्त कुँवर बने नेपाल प्रहरीको ३०औं आईजीपी

काठमाडौं : सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त कुँवरलाई नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले कुँवरलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए ।

तीमध्ये पहिलो पहिलो वरीयतामा रहेका कुँवरलाई सरकारले आईजीपी बनाएको हो।

आईजीपी धिरजप्रताप सिंह शुक्रबारदेखि नै नियमित अवकाशमा जाँदैछन्।

चैत १०, २०७९ शुक्रबार १६:५५:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।