प्रहरी अस्पतालमा एआईजी सिंह र सिमेन्सका एजेन्टको चलखेल, मिलेमतोमा महँगोमा किनिंदै स्वास्थ्य उपकरण

प्रहरी अस्पतालमा एआईजी सिंह र सिमेन्सका एजेन्टको चलखेल, मिलेमतोमा महँगोमा किनिंदै स्वास्थ्य उपकरण

काठमाडौं : नेपाल प्रहरी अस्पतालकी प्रमुख आशा सिंहले ‘सिमेन्स’ कम्पनीका नेपाल एजेन्ट इष्टवेष्ट कन्सर्नसँगको मिलेमतोमा अस्पतालको स्वास्थ्य सामग्री महँगोमा किन्ने गरेको खुलेको छ।

उकेराले यस अगाडि सिंहले जिइको स्थानीयय एजेेन्ट  म्याक्स मेडिटेकसँग  मिलेर बढीमा ८० लाखमा आउने सी-आर्म एक करोड १८ लाखमा खरिद गर्ने प्रक्रिया अगाडि बढाएको खुलासा गरेको थियो। 

सी-आर्म खरिद प्रक्रिया अगाडि बढाउने क्रममा ‘स्पेशिफिकेशन’ बनाउँदा नै जिइको उत्पादनसँग मात्रै मिल्ने गरी बनाइएको खुलेको थियो। 

उनै सिंहको नेतृत्वमा उसैगरी ‘थ्री टेस्ला एमआरआई मेसिन’ खरिदको जिम्मा इष्टवेष्टले पाउने गरी २९ करोड २० लाखको खरिद प्रक्रिया अगाडि बढाएको खुलेको छ। 

सो मेसिनका लागि बनाएको प्राविधिक स्पेशिफिकेशन सिमेन्स कम्पनीको उत्पादनसँग मात्रै मिल्ने उकेराले पाएको दस्तावेजबाट प्रमाणित हुन्छ। 

एमआरआई खरिदका लागि बोलपत्र जमानत रकम (बीड सिक्यरिट) ७३ लाख राखिएको छ। जस अनुसार खरिद हुने एमआरआईको रकम २९ करोड २० लाख हुन आउँछ। 

सो मेसिनका लागि बनाएको प्राविधिक स्पेशिफिकेशन सिमेन्स कम्पनीको उत्पादनसँग मात्रै मिल्ने उकेराले पाएको दस्तावेजबाट प्रमाणित हुन्छ।

नेपाल प्रहरी अस्पतालकी (प्रमुख) डा. आशा सिंहले सी-आर्म खरिदमा जस्तै एमआरआई खरिदमा पनि निश्चित कम्पनीसँग मात्रै मिल्नेगरी ‘लक्ड’ गरेर प्राविधिक स्पेशिफिकेशन नबनाएको दाबी गरेकी थिइन्।

उनले मंगलबार जे दाबी गरे पनि पास गरेको स्पेशिफिकेशन भने निश्चित कम्पनीको उत्पादनसँग मात्रै मिल्ने गरी लक्ड नै बनाएको देखिएको थियो।

उकेराले यसबारे खोजबिन गरिरहेकै बेला उनले बिहीबार प्राविधिक स्पेशिफिकेशन संशोधन गरेर सूचना प्रकाशित गराइन्। तर, लक्ड गरिएको मुख्य बुँदाहरू भने अझै कायमै छ। 

डा. सिंहले सबैले हाल्न सक्ने गरी नै प्राविधिक स्पेशिफिकेशन बनाएर एमआरआईको टेण्डर गरेको दाबी गर्दै भनिन्, ‘एकदमै ओपन स्पेक बनाएका छौं हामीले। सबैले (टेण्डर) हाल्नसक्ने स्पेक छ। प्राइज यदि बढी हो भने त नेगोसियट गर्न सक्छौं। क्यान्सिल गर्न सक्छौं।’ 

तर उनले गर्ने दाबी उनले पारित गरेको प्राविधिक स्पेशिफिकेशनले देखाउँदैन। सि-आर्म खरिदमा पनि यस्तै प्रक्रिया अपनाइएको थियो।

एमआरआईमा समेत उही एजेन्टको मात्र सामान प्राविधिक मापदण्डमा फिट हुने प्रावधान राखिएकाले प्रहरी अस्पतालको मेडिकल सामान खरिदमा अस्पताल प्रशासन र इष्टवेष्टबीचको साँठगाँठ रहेको देखिन्छ।

एमआरआई खरिदको प्रक्रिया

प्रहरी अस्पतालले एमआरआई खरिदका लागि माघ २९ गते (१२, फेब्रुअरी, २०२३) मा बोलपत्र आह्वान गरेको थियो। टेण्डर आह्वानको सूचनामा अस्पतालले फागुन २३ गते (७, मार्च) मा ‘प्रि–बिड मिटिङ’ तोकेको थियो। तोकिएकै मितिमा प्रि–बिड बैठक बसेको थियो। 

प्रि–बिड बैठकमा मेसिन उत्पादक कम्पनीका नेपालस्थित सप्लायर्सका प्रतिनिधि सहभागी थिए। सिमेन्सकै एमआरआई मेसिन किन्न लक्ड प्राविधिक स्पेशिफिकेशन बनाएको भन्दै इष्टवेष्ट बाहेकका सप्लायर्सले स्पेशिफिकेशनमा लक्ड गरिएका बुँदा हटाउन माग गरे।

यदि ती बुँदा नहटाए टेण्डर प्रस्तावमा सहभागी हुनुको अर्थ नहुने उनीहरूको तर्क थियो। अस्पतालले ‘बोलपत्रदाताहरु (सप्लायर्स कम्पनी) को तर्फबाट आएको सुझाव एवं अस्पतालको आवश्यकता समेतलाई ध्यान दिइ’ भन्दै केही बुँदामा संशोधन र परिमार्जन गरायो।

संशोधनपछि एमआरआई खरिदका लागि बोलपत्र दाखिला गर्ने मिति चैत २१ गते १२ बजेलाई तोकिएको छ। सूचना अनुसार सोही दिन बोलपत्र खोलिने छ।

यसरी लक्ड गरियो स्पेशीफिकेशन

प्रहरी अस्पतालले एमआरआई खरिदका लागि तयार गरेको प्राविधिक स्पेशिफिकेशनमा ‘हाइ इण्डको थ्री टेस्ला एमआरआई’ मेसिन हुनुपर्ने मापदण्ड राखिएको छ। 

‘अ न्यू हाइ इण्ड थ्री टेस्ला एमआरआई सिस्टम विथ सुपरकन्डक्टिङ म्याग्नेट, हाइ पर्फमेन्स ग्राडियन्ट्स एण्ड डिजिटल आरएफ सिस्टम अप्टिमाइज्ड फर अल दी बडि एप्लीकेशन डेडिकेटेड फर अल एनाटोमी एण्ड फंशनल सिस्टम,’  प्राविधिक स्पेशिफिकेशनमा भनिएको छ, ‘दी सिस्टम सुड बी सेल्फ–सिल्डेड, सर्ट, वाईड बोर ओपनिङ विथ आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्राम सिंक्रोनाइज्ड वीथ हार्डवेर एण्ड सफ्टवेर इन अल दी इक्जामिनेशन।’ 

प्रहरी अस्पतालले बनाएको स्पेशिफिकेशन ठ्याक्कै भरतपुर अस्पतालले एमआरआई खरिदका लागि बनाएको स्पेशिफिकेशनसँग मिल्छ। भरतपुर अस्पतालले पनि सिमेन्सलाई नै एमआरआई खरिदका लागि टेण्डर दिने अन्तिम तयारी गरिरहको छ। 

एमआरआईमा समेत उही एजेन्टको मात्र सामान प्राविधिक मापदण्डमा फिट हुने प्रावधान राखिएकाले प्रहरी अस्पतालको मेडिकल सामान खरिदमा अस्पताल प्रशासन र इष्टवेष्टबीचको साँठगाँठ रहेको देखिन्छ।

प्रहरी अस्पतालले एमआरआई खरिदका लागि बनाएको यो प्राविधिक स्पेशिफिकेशन पनि सिमेन्स कम्पनीको एमआरआईसँग मात्रै मिल्ने देखिएकाले सिमेन्स कम्पनीलाई नै टेण्डर पर्ने रणनीतिकै प्राविधिक स्पेशिफिकेशन बनाएको प्रष्टै हुन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘१’ ‘ए’ मा ‘अ न्यू हाइ इण्ड थ्रि टेस्ला एमआरआई वीथ एक्टिभ सिल्डेड सुपरकन्डक्टिङ म्याग्नट’ भनिएको छ।

त्यो बुँदामा संशोधन गरेर,‘...नो रिफरबिष्ट-इटीएन-इक्वीभ्यालेन्ट-टु- लेटेष्ट-न्यू पार्टस् सुड बी युज्ड इन दी एमआरआई सिस्टम अफर्ड। दी डेट अफ म्यानुफ्याक्चर सुड बी क्लीयरली मेन्सन्ड डाइरेक्टली फ्रम दी म्यानुफ्याक्चर वीथ अथोराईज्ड सिग्नेचर एण्ड स्ट्याम्ड,’ राखियो।

संशोधित यो बुँदाबाट पुरानो हैन नयाँ मेसिन ल्याउनुपर्ने भन्ने किसिमको शब्द राखेर संशोधन भएको देखिन्छ। तर, नयाँ मेसिन नै अनिवार्य रुपमा ल्याउनुपर्ने भएकाले यो संशोधित बुँदाको ठूलो अर्थ देखिंदैन।

त्यसैगरी प्रहरी अस्पतालले खरिद गर्न लागेको एमआरआई वाइड बोर साइज र कम्तिमा ७० सेन्टिमिटरको हुनुपर्ने मापदण्ड राखिएको छ। प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. १ को (बी) मा लेखिएको छ,‘म्याग्नेट जेन्ट्रि सुड बी वाईड बोर ओपनिङ एटलिष्ट ७० सेन्टिमिटर (मस्ट) अक्रोश दी टनेल एण्ड सर्ट लेन्थ लेस द्यान २०० सेन्टिमिटर...।’

संशोधन हुनुअघि बुँदा नं. ‘२’को ‘बी’ मा भनिएको थियो, ‘अटो सिम (ग्लोबल एण्ड ओक्शेल सिम) सुड बी टेक मिनिमम टाइम टु सिम दी मेनेज वीथ पेशेन्ट इन पोजिशन। हाइ अर्डर (दोस्रो अडर) सिम सुड बी अफर्ड एज स्ट्याण्डर्ड।’

सो बुँदा संशोधन गर्दै लेखिएको ,‘हाइ अर्डर अर अटो-सिम सुड बी अफर्ड एज स्ट्याण्डर्ड।’ले झन् प्रतिस्पर्धालाई साँघुरो बनाएको जानकारको मत छ।

प्रहरी अस्पतालले भने डबल आरएफको डिजिटल एमआरआई खरिद गर्नुको सट्टा सिमेन्सलाई मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर सिंगल आरएफको एमआरआई खरिद गर्न लागेको देखिन्छ। मूल्यको अन्तरले यो खरिद प्रक्रियामा न्यूनतम् तीन करोडको खेल भइरहेको प्रष्टै हुन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं। ‘३’ ‘ए’ समेत सिमेन्सलाई नै मिल्ने गरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन बनाइएको एक बायोमेडिकल इन्जिनियरले जानकारी दिए। 

‘सिस्टम सुड ह्याब अ मिनिमम ग्राडियन्ट स्ट्रेन्थ अफ ४४ एम टी-एम अर मोर पर एक्सिस एट अ स्लु रेट अफ एट लिष्ट २०० टी-एम सेकेण्ड,’ प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘३’ को ‘ए’ मा भनिएको छ,‘दी राइज टाइम सुड बी प्रोपरशनेट टु रिच दी म्याक्सिमम ग्राडियन्ट स्ट्रेन्थ सो द्याट दी ड्यूटी साइकल इज अराउण्ड १०० पर्सेन्ट।’ 

यदि सबैका लागि प्रतिस्पर्धा खुला गर्ने हो भने यो बुँदा संशोधन गरेर ‘म्याक्सिमम एप्ल्चिुड’ थप्नुपर्ने बायोमेडिकल इन्जिनियर बताउँछन्। 

मेसिन खरिदका लागि तयार गरेको प्राविधिक स्पेशिफिकेशनमा कम्तिमा ५० सेन्टिमिटर फिल्ड अफ भिउ(एफओभी) हुनुपर्ने उल्लेख छ। 

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘३’ (एफ) मा ‘फिल्ड अफ भिउ सुड बी एट लिष्ट ५० सेन्टिमिटर इन अल थ्री एक्सेस। स्पेशिफाइ दी लिनियरिटी अफ दी ग्राडियन्ट एट फल एफओभी’ राखिएको छ। 

त्यसैगरी प्राविधिक स्पेशिफिकेशनको बुँदा नं ‘४’ को ‘ए’ पनि सिमेन्स कम्पनिको एमआरआईसँग मात्रै मिल्नेगरी लक्ड गरेर प्राविधिक स्पेशिफिकेशन बनाएको एक बायोमेडिकल इन्जिनियरले बताए। 

‘इट सुड बी अ लेटेष्ट फुल्ली डिजिटल सिस्टम क्यापेबल अफ ट्रान्समिटिङ पावर अफ एटलिष्ट ३० केडब्लू (किलोवाट) अर मोर’, प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ‘४’ को ‘ए’ मा भनिएको छ, ‘प्लिज स्पेशिफाइ एण्ड जष्टिफाई दी टेक्नोलोजी। दी आरएफ ट्रान्समिटर सुड बी लोकेटेड इनसाइड दी म्याग्नेट। क्यूडी होलबडी क्वाइल्स टी-आर इन्टेग्रेटेड इन्टु म्याग्नेट कभर।’ 

जानकार बायोमेडिकल इन्जिनियरका अनुसार यो झुक्याउने किसिमको बुँदा हो। किनकी सिंगल अर ड्युअल  (डबल) आरएफ सिस्टम भन्नु र डिजिटल आरएफ भन्नु एउटै कुरा हो। 

टेण्डरमा डबल आरएफ सिस्टमका एमआरआई नै अनिवार्य रुपमा हुनुपर्ने भन्ने मापदण्ड राखिएको छैन। यो बुँदा भरतपुर अस्पतालले एमआरआई खरिदका लागि बनाएर संशोधन गरेको स्पेशिफिकेशनसँग करिब हुबहु मिल्छ।

यो बुँदामा सिंगल हो की डबल आरएफ सिस्टम भन्ने प्रष्ट नखुलाइएकाले सिंगल आरएफ सिस्टमको एमआरआई खरिद कै लागि सिमेन्स कम्पनीको सप्लायर्स इष्टवेष्ट कन्सर्नले टेण्डर हाल्ने र उसैले टेण्डर पार्ने मनसाय स्पष्ट देखिन्छ। 

जानकार बायोमेडिकल इन्जिनियरका अनुसार सिमेन्ससँग मात्रै सिंगल आरएफको एमआरआई छ। त्यसैले डबल आरएफको एमआरआई खरिद गर्नुको सट्टा प्राविधिक स्पेशिफिकेशन नै लक्ड गरेर सिमेन्ससँग सिंगल आरएफको एमआरआई खरिद गर्न लागिएको प्रष्टै देखिन्छ।

सबै विदेशी कम्पनी सप्लायर्सहरू हो। एलसी खोल्ने हो। यहाँ भ्रष्टाचार गर्ने त स्कोप नै छैन नि त।

सिंगल आरएफको एमआरआई डबलको तुलनामा सस्तो हुन्छ। त्यसैले प्राविधिक मूल्यांकनको चरणमा अन्य उत्पादक कम्पनीका पनि एमआरआई छनोटमा पर्न सक्छन्। 

तर, प्राविधिक मूल्यांकनमा छनोट भए पनि आर्थिक मूल्यांकनको चरणमा पुग्दा सिमेन्स कम्पनीको सप्लायर्सले तुलनात्मक रुपमा सस्तोमा ल्याइदिन्छु भनेर आर्थिक प्रस्ताव गर्ने सम्भावना बलियो देखिन्छ। 

जानकारका अनुसार सिमेन्स कम्पनीको सिंगल आरएफको एमआरआई खरिद गर्दा डबल आरएफको तुलनामा करिब तीन करोड सस्तो पर्छ।

बायोमेडिकल इन्रिजनियरका अनुसार सिंगल र डबल गरी दुई किसिमका प्रविधि (सिस्टम) का एमआरआई हुन्छन्। तर, डबल आरएफ प्रविधिको एमआरआई सिंगल आरएफको तुलनामा धेरै सुविधायुक्त हुन्छ। 

त्यसैले टेण्डरमा अनिवार्य रुपमा डबल आरएफ प्रविधिकै एमआरआई खरिद गर्ने मापदण्ड राख्नुपर्ने उकेराले परामर्श लिएको बायोमेडिकल इन्जिनियरको मतले देखायो।

तर, प्रहरी अस्पतालले भने डबल आरएफको डिजिटल एमआरआई खरिद गर्नुको सट्टा सिमेन्सलाई मात्रै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएर सिंगल आरएफको एमआरआई खरिद गर्न लागेको देखिन्छ। मूल्यको अन्तरले यो खरिद प्रक्रियामा न्यूनतम् तीन करोडको खेल भइरहेको प्रष्टै देखिन्छ।

जीइ, फिलिप्स जस्ता अन्य कम्पनीका एमआरआई डबल आरएफका मात्रै भएकाले यि कम्पनीका मेसिनको रकम सिंगल आरएफको तुलनामा बढी हुन्छ। 

त्यसो त सिमेन्ससँग पनि सिंगल र डबल दुवै किसिमको आरएफको एमआरआई नभएको हैन। तर, आर्थिक रुपमा सस्तो पर्ने भएकाले उसले सिंगल आरएफकै एमआरआई खरिद प्रस्ताव गरेर टेण्डर पार्ने दाउमा देखिन्छ। 

‘सिमेन्ससँग मात्रै सिंगल आरएफको एमआरआई छ। अरु सबैसँग डबल आरएफ छ,’ एक बायोमेडिकल इन्जिनियरले भने।

त्यसो त कतिपय बुँदाहरूमा अनावश्यक रुपमा खर्चको भार मात्रै बढ्ने गरी एमआरआईमा अनावश्यक सामग्रीहरूसमेत ल्याउनुपर्ने गरी मापदण्ड राखिएको देखिन्छ।

प्राविधिक स्पेशिफिकेशनको बुँदा नं. ५ को ‘बी’ मा, ‘टि लिष्ट ३२ च्यानल्स फर क्रानियल एप्लिकेशन इन्क्ल्युड पेडियाट्रिक हेड १ नं. मल्टिस्लाइस एक्वीजीशन आइ (लगायत) एसएमएस-एमबी सेन्स-हाइपरसेन्स सुड अलसो बी कोट एज स्ट्याण्डर्ड वीथ दी एबोभ ३२ च्यानल हेड क्वाइल’ भन्ने राखिएको छ। बायोमेडिकल इन्जिनियरका अनुसार बुँदा संशोधन भए खर्च घट्छ। 

त्यसैगरी बुँदा नं. ‘५’ को ‘सी’ मा ‘हेड-नेक क्वाईल अफ २० च्यानल अर मोर फर रुटिन हाइ रिशोलुशन इमेजिङ अफ हेड एण्ड नेक, ब्राचियल प्लेक्सिस्’ लेखिएको छ।

बुँदा नं. ‘५’ को ‘डी’ मा भएको कुरा ‘५’ को ‘सी’ मा नै भएकाले ‘५’ को ‘डी’ आवश्यक नरहेको बायोमेडिकल इन्जिनियरले जानकारी दिए। 

त्यसैगरी बुँदा नं. ‘५’ को ‘इ’ पनि सिमेन्स कम्पनीलाई नै मिल्नेगरी लक्ड भएको एक प्राविधिकले जानकारी दिए। 
बुँदा नं. ‘५’ को ‘इ’ मा ‘स्पाइन यररे- म्याट्रिक्स क्वाइल अफ २४ च्यानल्स अर मोर फर थोरासिक एण्ड लम्बर स्पाइन इमेजिङ इट सुड बी पोशिबल टु इमेज इन्टाइर स्पाइन विदआउट रिपोजिशनिङ दी पेशेन्ट। इट मष्ट बी कोटेड वीथ हाइली एडभान्स’ राखिएको छ। 

प्रहरी अस्पतालकी (प्रमुख) डा. सिंह भने आफू मेसिनको प्राविधिक रुपमा विज्ञ नभएको तर्क गर्दै प्राविधिक स्पेशिफिकेशन एउटा निश्चित कम्पनीलाई मात्रै मिल्नेगरी लक्ड गरिएको विषयमा पन्छिन खोजिन्। 

बायोमेडिकल इन्जिनियरका अनुसार यो पनि सिमेन्सको एमआरआई मेसिनसँग मात्रै मिल्नेगरी लक्ड गरिएको छ। 
प्राविधिक स्पेशफिकेशनको बुँदा नं. ‘५’ को ‘जी’, ‘एल’, ‘एम’, ‘एन’ समेत सिमेन्स कम्पनीको एमआरआईसँग मात्रै मिल्ने कसिमको लक्ड स्पेशिफिकेशन रहेको उनले जानकारी दिए।

त्यसैगरी प्राविधिक स्पेशफिकेशनको बुँदा नं. ‘५’ ‘एल’ मा भनिएको छ, ‘डेडिकेटेड रिजिड ह्याण्ड-रिष्ट अफ १६ च्यानल अर मोर नम्बर अफ च्यानल।’ यो प्रावधान आवश्यक नरहेको र यो राख्दा खर्च मात्र बढि हुने उनले बताए।

प्राविधिक स्पेशफिकेशनको बुँदा नं. ‘६’, बुँदा नं. ‘७’ को ‘सी’, ‘एम’, बुँदा नं. ‘८’ को ‘ए’, ‘डी’, बुँदा नं. ‘१५’ को ‘ओ’ जस्ता बुँदाहरू संशोधन हुनुपर्ने देखिएको उनको बुझाइ छ।

बुँदा नं. ‘७’ को ‘सी’ मा भनिएको थियो, ‘टोटल हार्ड डिस्क मेमोरि टु बी सफिसियन्ट टु स्टोर एट लिष्ट २०,००,००० इमेज अफ २६५×२६५ मेट्रिक्स डाटा साइज।’

जुन बुँदा संशोधन गरेर भनिएको छ, ‘टोटल हार्ड डिस्क मेमोरि टु बी सफिसियन्ट टु स्टोर एट लिष्ट १२,००,००० इमेज अफ २६५×२६५ मेट्रिक्स डाटा साइज।’ यस बुँदा संशोधन गर्नुको खासै अर्थ नहुने बायोमेडिकल इन्जिनियरले बताए।

त्यसैगरी बुँदा नं. ‘१७’ को ‘एच’ पनि संशोधन गरिएको छ।

बुँदा नं. ‘१७’ को ‘एच’ मा भनिएको थियो, ‘नं. यूपिएस: कम्पेटिबल युपिएस फर इन्टायर एमआरआई सिस्टम इन्क्लुडिङ कन्सोल एण्ड वर्कस्टेशन वीथ एट लिष्ट ३० मिनट्स ब्याक अप नेसेसरी एयर कन्डिशनिङ (एज नम्बर मेन्शन्ड इन बीओक्यु) विथ डेहुमिडिफिकेशन सुड बी सप्लायइड अर्कोर्डिङ टु दी म्यानिफ्याक्चर्स स्पेशिफिकेशन फर कन्ट्रोल कन्सोल, वर्कस्टेशन, लिक्वीड हेलियम, चिलर, कम्प्युटर सिस्टम, प्रिन्टिर एण्ड ब्याट्रिज फर युएसपी एण्ड एक्सेसरिज।’

जुन बुँदा संशोधन गरेर, ‘नं. यूपिएस:  कम्पेटिबल युपिएस फर इन्टायर एमआरआई सिस्टम इन्क्लुडिङ कन्सोल एण्ड वर्कस्टेशन वीथ एट लिष्ट ३० मिनट्स ब्याक अप नेसेसरी एयर कन्डिशनिङ विथ डेहुमिडिफिकेशन सुड बी सप्लायइड एड रिक्वाइर्ड बाई हस्पिटल फर कन्ट्रोल कन्सोल, वर्कस्टेशन्स, टेन्किल एण्ड इलेक्टोनिक  क्याबिनेट रुम एण्ड अदर रुम एड रिक्वायर्ड बाई दी हस्पिटल सुड बी प्रोभाइडेड...’ भनिएको छ। 

यो बुँदाको संशोधनले महत्वपूर्ण अर्थ नदिने जानकार स्रोतको मत छ।

‘यूएस एफडिए’ र ‘यूरोपियन सिइ’ दुवै मान्यता (एप्रुभल) पाएको एमआरआई हुनुपर्ने मापदण्ड राखिएको छ।

अनियमितता गर्न नखोजेको डा. सिंहको दाबी

प्रहरी अस्पतालकी (प्रमुख) डा. सिंह भने आफू मेसिनको प्राविधिक रुपमा विज्ञ नभएको तर्क गर्दै प्राविधिक स्पेशिफिकेशन एउटा निश्चित कम्पनीलाई मात्रै मिल्नेगरी लक्ड गरिएको विषयमा पन्छिन खोजिन्। 

‘म त्यसको विज्ञ हैन। हाम्रो टेक्निकल कमिटी गठन गर्छौं। कमिटीले बसेर काम गर्छ। त्यसमा एक जना हुँदैन की उसैले लक्ड गर्ने। पूरै कमिटीले पास गर्छ, त्यो अनुसार नै प्रक्रिया बढ्ने हो। सबै प्रक्रियागत नै हामीले (खरिद) गर्ने हो,’ सिंहले भनिन्।

तर, किन डिजिटल आरएफ भनिएको रहेछ नी त भन्ने जिज्ञासामा उनले, ‘यसमा म बुझ्दिन। म यसबारे केही भन्न सक्दिन,’ भन्ने जवाफ दिइन्। 

यता पुरानो बन्ने एमआरआई मेसिन नबनाएर नयाँ एमआरआई खरिद गर्ने प्रक्रिया अपनाएको समेत डा. सिंहमाथि आरोप छ। 

यसपछि उकेराले डबल आरएफको एमआरआई खरिद गर्न छाडेर सिंगलआरएफको एमआरआई महंगोमा किन किन्न लाग्नुभएको? भन्ने जिज्ञासा राखेको थियो। 

जसमा डा. सिंहले डबल आरएफ खरिदकै लागि बजेटको स्टिमेट गरे पनि अस्पतालको बजेटको सीमाभित्र सप्लायर्सले मेसिन दिन नसक्ने बताएपछि सिंगल अर डबल भनेर प्राविधिक स्पेशिफिकेशन बनाइएको तर्क गरिन्। 

‘पहिला नै डबल आरएफ भनेर त स्पेक बनाएर सबैसँग कस्ट स्टिमेट मागेकै हो, दिएन,’ उनले भनिन्, ‘सबै विदेशी कम्पनी सप्लायर्सहरू हो। एलसी खोल्ने हो। यहाँ भ्रष्टाचार गर्ने त स्कोप नै छैन नि त।’ 

यहाँ डा. सिंहको भनाइबाटै सिधै सिमेन्सलाई नै मिल्नेगरी प्राविधिक स्पेशिफिकेशन बनाएको देखिन्छ।

तपाईंकै भनाइ अनुसार सिधै सिमेन्सलाई नै एमआरआईको टेण्डर पर्ने देखिन्छ नी त? उनले थपिन्, ‘सिमेन्स र यो र त्यो म जान्दिन।’

तर, यहाँकै सेटिडमा सिंगल आरएफको एमआरआई खरिद हुन लागेको भन्ने विषय सत्य हो? भन्ने अर्को जिज्ञासामा उनले भनिन्, ‘मैले मात्रै जे भन्छु सबैले मान्छ? तपाईंलाई लाग्छ कमिटीले मैले भनेर सेटिङ गर्यो। अनि मान्छ सबैले,अहिलेको जमानामा।’

बन्ने पुरानो मेसिन थन्काएर ध्यान नयाँमा

यता पुरानो बन्ने एमआरआई मेसिन नबनाएर नयाँ एमआरआई खरिद गर्ने प्रक्रिया अपनाएको समेत उनीमाथि आरोप छ।डा. सिंहले भने पुरानो मेसिन बनाउन प्रयास गरे पनि बनाउन महंगो परेकाले नबनाएको तर्क गरिन्। 

‘(बनाउने) प्रयास गरेको। बजेट पनि ल्याएको,’ उनले भनिन्, ‘नौ करोडमा किनेको एमआरआईको आठ करोडमा बन्छ भनेर हामीलाई कष्ट स्टिमेट दियो। नौ करोडको मेसिनलाई आठ करोड खर्च गर्यो भने बन्छ।’

यो पनि

निश्चित कम्पनीको उत्पादन मात्रै मिल्ने खरिद सर्त राखेर महँगोमा ‘सी-आर्म’ मेसिन किन्दै प्रहरी

१० चैत, २०७९, ०९:०५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।