अभिनेत्री पूजा-आँचल सम्बन्ध : न दोस्ती न त दुस्मनी
काठमाडौँ : नेपाली चलचित्रका दुई अभिनेत्री आँचल शर्मा अनि पूजा शर्मा। दुवैको करिअर न सुपर हिट न सुपर फ्लप। सामाजिक सोचाइमा पनि दुबैबिच उस्तै समानता देखियो पल शाह नाबालिग बलात्कार मुद्दामा। दुवै नाबालिगको पक्षमा हैन पलको पक्षमा उभिएर आफ्नो सामाजिक चेतको पुष्टि गरेका थिए।
धेरै समानता भए पनि दुबैबिच त्यस्तो घनिष्ठता भने छैन। चर्चा त उनीहरूबीच शीतयुद्ध चलेको पनि चल्छ। सार्वजनिक कार्यक्रमहरूमा उनीहरू त्यति निकट मात्रै हैन औपचारिक हाई हेल्लो गरेको पनि कमै देखिन्छ।
यस्तोमा यी दुवै अभिनेत्रीलाई एकै फिल्ममा अभिनय गराउने जोखिम उठाउँदै छिन् रेखा थापाले। यी दुवै अभिनेत्री एकै फिल्ममा अभिनय गर्ने सार्वजनिक भएसँगै दुवैको सम्बन्ध अहिले फेरि चर्चामा आएको छ।
दुवैबिचको सम्बन्धबारे आँचलले केही बोलेकी छैनन्। तर पूजाले मौनता तोड्दै आँचल र आफ्नो सम्बन्ध सामान्य रहेको दाबी गरिसकिन्। उनले दुवैबिचको सम्बन्ध न साथीको न दुस्मनको भएको तर्क गरेकी छिन्।
भेट हुँदा हाई हल्लो हुने गरेको तर त्यस्तो विशेष केही सम्बन्ध नभएको उनको दाबी थियो।
अब पूजाले सम्बन्धबारे बोलिसकेपछि आँचलले पनि पक्कै केही न केही त बोल्लिन् नै।
चैत ९, २०७९ बिहीबार २२:२१:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।