सुरुवाती अग्रता लिँदा पनि जित्न सकेन फ्रेन्ड्सले, तिलोत्तमा गोल्ड कपको फाइनलमा मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम ११

सुरुवाती अग्रता लिँदा पनि जित्न सकेन फ्रेन्ड्सले, तिलोत्तमा गोल्ड कपको फाइनलमा मनाङ मर्स्याङ्दी र सुदूरपश्चिम ११

बुटवल : पेनाल्टी सुटआउटमा फ्रेन्ड्स क्लबलाई ४–३ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्ड कपको फाइनलमा पुगेको छ।

आजको नतिजासँगै अब मनाङ मर्स्याङ्दीले शनिबार सुदूरपश्चिम ११ सँग फाइनलमा प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा निर्धारित समयमा २-२ को बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो। त्यसअघि फ्रेन्ड्स क्लबले अग्रता लिएको थियो।

पहिलो हाफको ७ औँ मिनेटमा फ्रेन्ड्स क्लबका रफिक अमिनोले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको २६ औँ मिनेटमा लक्ष्मण रुचालको क्रसमा उत्तम राईले गोल गर्दै टिमलाई २–० को अग्रतामा पुर्याए।

तर पहिलो हाफको इन्जुरी समयमा मनाङ मर्स्याङ्दीका आशिष गुरुङले गोल गर्दै टिमलाई २–१ को स्थिति लगे। पहिलो हाफ सम्म २–१ को अग्रता बनाएको फ्रेन्ड्स क्लबले दोस्रो हाफको २ मिनेटमै गोल खान पुग्यो।

मनाङ मर्स्याङ्दीका प्रसन्न श्रेष्ठले दोस्रो गोल गरे। त्यसपछि दुवै टिमबाट निर्धारित समयमा कुनै पनि गोल हुन सकेन र खेल २-२ को बराबरीमा पुग्यो। त्यसपछि खेलको नतिजा पेनाल्टी बाट लिइएको थियो।

दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रूपैयाँ नगद पुरस्कार पाउने छन्। गोल्ड कपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ। 

९ चैत, २०७९, २१:३६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।