मानव अधिकार उलङ्घनकर्तामा सूचिकृत कुँवरलाई एआइजिमा बढुवा गरेकोमा द्वन्द्व पीडित समूहको आपत्ति

मानव अधिकार उलङ्घनकर्तामा सूचिकृत कुँवरलाई एआइजिमा बढुवा गरेकोमा द्वन्द्व पीडित समूहको आपत्ति

काठमाडौँ : मानव अधिकार उलङ्घनमा संयुक्त राष्ट्र सङ्घकै भेटिङ सूचीमा रहेका व्यक्तिलाई एआइजिमा बढुवा गरेको भन्दै द्वन्द्व पीडित समाजले आपत्ति जनाएको छ।

एआइजिमा बढुवा भएका वसन्त बहादुर कुँवरलाई सन २०११ मा संयुक्त राष्ट्र सङ्घले यातना मुद्दामा संलग्न रहेको भन्दै भेटिङ प्रक्रिया अन्तर्गत लाइबेरिया शान्ति मिसनबाट फिर्ता गराइएको थियो।

राज्य पक्ष र विद्रोही पक्ष दुवै समूहको तर्फबाट रामकुमार भण्डारी र सुमन अधिकारीले विज्ञप्ति जारी गर्दै बढुवा प्रक्रिया तत्काल खारेज गरी आवश्यक  छानबिन प्रक्रिया अगाडि बढाउन माग गरिएको छ।

बढुवामा सूचीकृत अन्य सबै अधिकृतहरूको मानव अधिकार उल्लङ्घनमा विगतको संलग्नता अध्ययन गरी सार्वजनिक गर्न र सोको आधारमा आरोपित पाइएकाहरूलाई बढुवा नगर्न उनीहरूले सार्वजनिक अपिल समेत गरेका छन्।

विज्ञप्तिमा विगतमा संयुक्त राष्ट्रसङ्घ शान्ति मिसन चाडबाट फर्काइएका नेपाली सेनाका निरञ्जन बस्नेत, भैरवनाथ गण सामूहिक बेपत्ताका दोषी राजु बस्नेत तथा धनुषा बेपत्ता र हत्या घटनाका आरोपित कुबेर सिंह रानालाई नेपाल प्रहरीको प्रमुख बनाइँदा देश भित्र र बाहिर सुरक्षा संस्थाको वैधता र विश्वासनियतामा गम्भीर प्रश्न उठेको उल्लेख छ।

उनीहरूले  पुन यस्ता गल्ती नदोहोर्याइ जारी संक्रमणनकालिन न्याय प्रक्रियालाई पीडितमुखी र मानवअधिकार मैत्री बनाउन माग समेत गरेका छन्।

उनीहरूले सङ्क्रमणकालीन न्यायसँग प्रत्यक्ष जोडिएको संस्थागत सुधारमा नेपाली सेना, नेपाल प्रहरी लगायत सम्बन्धित निकायहरूको सुधारका लागि भेटिङ अनिवार्य गर्न माग गर्दै भेटिङमा परेकाहरूलाई सङ्क्रमणकालीन न्यायको विश्वव्यापी मान्यताअनुसार कारबाही अगाडि बढाउन माग गरेका छन्।

चैत ९, २०७९ बिहीबार १५:५४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।