आइएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउने सम्झौता

आइएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउने सम्झौता

काठमाडौं : अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरेका छन्।

ग्राहकले अफर अन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरूम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन्।

अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ।

नेपाल राष्ट्र बैंकको नीति निर्देशन अन्तर्गत रहेर कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने कम्पनीले जनाएको छ।

चैत ९, २०७९ बिहीबार ०८:४४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।