स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ कोषको एक लाख सहयोग

स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ कोषको एक लाख सहयोग

काठमाडौं : स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख रूपैयाँ सहयोग गरिएको छ।

चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरू रहेको ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरेको हो।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बशुन्धरा भुषालले सहयोग रकम हस्तान्तरण गरेका थिए।

गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौंको गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। स्नेही काखले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो।

वि.सं २०४१ सालमा बनेको चलचित्र ‘अन्याय’बाट नेपाली चलचित्रको अभिनयमा आएका राणाले सय भन्दा बढि चलचित्रमा अभिनय गरेका थिए।
सहयोग हस्तान्तरणको समयमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, चलचित्र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, कलाकार संघका निवर्तमान अध्यक्ष रविन्द्र खड्का, कलाकार संघकी उपाध्यक्ष कविता गेलाल, संघकै सह-कोषाध्यक्ष पवित्रा आचार्य लगायतका कलाकारहरूको उपस्थिति थियो।

चैत ९, २०७९ बिहीबार ०७:५४:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।