'धोकेबाज हौँ ' भन्दै गीत गाउने एलिनाले सार्वजनिक गरिन् प्रेमी !

'धोकेबाज हौँ ' भन्दै गीत गाउने एलिनाले सार्वजनिक गरिन् प्रेमी !

काठमाडौँ : 'धोकेबाज हौ तिमी' गीत भाइरल भएसँगै चर्चामा आएकी गायिका एलिना चौहान साङ्गीतिक कार्यक्रमका लागि अस्ट्रेलिया गएसँगै टिकटकमा एक युवकसँगका भिडियोहरू आउन थाले। ती थिए गीतकार विष्णु सापकोटा।

दुवै एकै क्षेत्रमा रहेकाले निकटता हुनु अनि टिकटक भिडियो बनाउनु नौलो भएन। तर भिडियोको सङ्ख्या बढ्दै गयो। भिडियोसँगै उनले उनै विष्णुसँगको तस्विर इन्स्टाग्राममा राखेर लेखिन्' तिमीलाई सोचेर मेरा विपनाहरू बित्छन्। तिम्रो सपना देखेर मेरो निद्रा पूरा हुन्छ। तिमीसँग हुँदा म जिउँदो अनुभव गर्छु।’

उनको यो सन्देशसँगै यी दुवैको प्रेम सम्बन्ध सार्वजनिक भयो। सापकोटा बाग्लुङ्गका हुन्। उनी अस्ट्रेलियामै बस्छन् अनि गीत लेख्छन् पनि गाउँछन् पनि ।

एलिना र विष्णुले गाएको गीत पनि सार्वजनिक भइसकेको छ। विष्णुले लेखेको गीतहरू एलिनाले गाएकी पनि छिन्। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अस्ट्रेलिया शाखाका अध्यक्षसमेत रहेका विष्णुले अस्ट्रेलियामा नेपाली कलाकार बोलाएर कार्यक्रम समेत गर्छन्।

चैत ८, २०७९ बुधबार २३:००:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।