वानएक्स बेटका लागि ३५ ई वालेट र ३४ बैंकबाट ५३ करोडको कारोबार, समातिए ६ जना

वानएक्स बेटका लागि ३५ ई वालेट र ३४ बैंकबाट ५३ करोडको कारोबार, समातिए ६ जना

काठमाडौँ : 'वानएक्स बेट'का छ जना नेपाली एजेन्टले विभिन्न बैंक र मोबाइल वालेटबाट ५३ करोड बराबरको कारोबार गरेको फेला परेको छ।  बुधवार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ६ एजेन्टलाई पक्राउ गरी उनीहरूको कारोबार रकम खुलाएको हो।

प्रहरीले जुम्लाका दिलीपसिंह कठायत, भूपालराज न्यौपाने, नयनराज भण्डारी र वरुणकुमार सिंह, वासुदेव पाण्डे र काभ्रेका शिवानी तामाङलाई पक्राउ गरेको हो। 

कार्यालयले सार्वजनिक गरेको विवरणमा उनीहरूले बेटिङ कम्पनी वानएक्स बेटमार्फत् सट्टेबाजी गराउने माथिल्ला तहका एजेन्ट हुन्।

उनीहरूलाई काठमाडौँ उपत्यकाको लोकन्थली, पेप्सीकोला, बानेश्वर लगायत ठाउँबाट पक्राउ गरेको कार्यालयले जनाएको छ। उनीहरूको साथबाट प्रहरीले ३४६ थान सिमकार्ड समेत बरामद गरेको छ। उनीहरूले सो सिम मोबाइल वालेटका लागि प्रयोग गर्ने प्रहरीको दाबी छ।

प्रहरीका अनुसार कठायत एक वर्ष, न्यौपाने ९ महिना, भण्डारी र सिंह ६ महिना, तामाङ ८ महिना र पाण्डे एक महिनादेखि वानएक्स बेटको एजेन्टको बनेका थिए।

उनीहरूले विभिन्न ३५ जना व्यक्तिको नाममा डिजिटल वालेट खोलेर ४१ करोड १५ लाख  रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ।  थप १५ जनाको नाममा ३४ वटा बैंक खाता खोलेर १२ करोड २५ लाख ३५ बराबरको कारोबार गरेको देखिएको छ। कारोबार बेटिङको भएको प्रहरीको दाबी छ।

चैत ८, २०७९ बुधबार १७:३०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।