बौद्ध स्तुपामा आएका वृद्ध महिलाहरूलाई लुटपाट गर्ने महिलासहित तीन जना पक्राउ

काठमाडौं : बौद्ध स्तुपामा पूजाआजा गर्न आउने वृद्ध महिलाहरुलाई लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दोलखा घर भएर अहिले गोकर्णेश्वर नगरपालिका बस्ने ४१ वर्षीया मञ्जु मगर, नारायणटारमा गहना पसल सञ्चालन गर्ने ४० वर्षीय नमराज विश्वकर्मा र ३१ वर्षीय रामकृष्ण सुनार रहेका छन्।
मञ्जुले वृद्ध महिलाहरुबाट गरगहन लुटपाट गरेर ल्याउने तथा नमराज र रामकृष्णले ती सुनका गरगहना पगालेर अन्य गहना बनाइ बेच्ने गरेको प्रहरी वृत्त, बौद्धले जनाएको छ।
उनीहरूलाई पक्राउ गरेर सोधपुछ गर्दा घटना स्वीकार गरेको र पगालेको अवस्थामा ७ तोला ५० लाल १ पेन्ट सुनको ढिक्को भेटिएको थियो।
चैत ८, २०७९ बुधबार १५:००:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।