रामेछापमा जेसीबी पल्टियो, चालक गम्भीर घाइते

रामेछापमा जेसीबी पल्टियो, चालक गम्भीर घाइते

काठमाडौं : रामेछापको रामेछाप नगरपालिका–८ बाबियोखर्कमा जेसीबी दुर्घटना हुुँदा चालक गम्भीर घाइते भएका छन्।

घाइते भएका चालक रामेछाप नगरपालिका बस्ने बर्दियाका अन्दाजी २५ वर्षीय सागर थारुको जिल्ला अस्पताल रामेछापमै उपचार भइरहेको छ।

डुम्रि खर्कबाट रामेछापडाँडा आउने क्रममा प्रदेश नम्बर ३–०१–००३ क ७५२९ नम्बरको जेसीबी मंगलबार अपरान्ह साढे ४ बजे सडकबाट करिब २०० मिटर तल खसेको थियो।

चैत ८, २०७९ बुधबार ०९:५१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।