अफगानिस्तानमा भूकम्प, पाकिस्तानमा १२ जनाको मृत्यु

अफगानिस्तानमा भूकम्प, पाकिस्तानमा १२ जनाको मृत्यु

एजेन्सी : अफगानिस्तान केन्द्रविन्दु भएर गएको भूकम्पका कारण पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा कम्तीमा १२ जनाको मृत्यु भएको छ।

मंगलबार राति ६.८ रेक्टर स्केलको भूकम्प जाँदा १७५ जना पाकिस्तानमा मात्र घाइते भएका छन्। भूकम्पको केन्द्र अफगानिस्तानको राजधानी काबुलबाट ३०० किलोमिटर दुरीमा रहेको जुर्म भन्ने ठाउँमा थियो।

अहिलेसम्म पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको मात्र भूकम्पका कारण क्षति भएको विवरण प्राप्त भएको छ। भारतको राजधानी दिल्लीसहित उत्तर भारतका धेरै ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

खैबर पख्तुनख्वा प्रान्तको जिल्ला प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म सबैभन्दा बढी मृत्यु स्वात जिल्लामा भएको छ।

यसैगरी अफगानिस्तानमा भूकम्पबाट ११ जनाको मृत्यु भएको खबर बाहिरिँदा घाइतेहरुको तथ्यांक अझै एकीन हुन सकिरहेको छैन।

चैत ८, २०७९ बुधबार ०९:३९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।