कियाको ‘कारेन्स’ नेपाली बजारमा, कति पर्छ मूल्य?

कियाको ‘कारेन्स’ नेपाली बजारमा, कति पर्छ मूल्य?

काठमाडौं : कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमपीभी कारेन्स नेपाली बजारमा ल्याएको छ।

कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो।

कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार भनेको छ। किया कारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईसीओटीवाई) २०२३ अवार्ड प्राप्त एमपीभी हो।

हालै सम्पन्न भारतको सबैभन्दा महत्वपूर्ण गाडी पुरस्कार आइकोटीको १८औं संस्करणमा एमपीभीले किया कारेन्सलाई उक्त अवाड प्रदान गरेको हो।

कारेन्सको प्रिमियर भेरियन्ट कारको मूल्य ४८ लाख ९० हजार रूपैयाँ तोकिएको छ भने प्रेस्टिज भेरियन्टलाई ५२ लाख ९० हजार रूपैयाँ तोकिएको छ। 

चैत ७, २०७९ मंगलबार २०:०५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।