बानेश्वरमा प्रचण्डविरुद्ध नाराबाजी गर्नेको मुख थुनियो

बानेश्वरमा प्रचण्डविरुद्ध नाराबाजी गर्नेको मुख थुनियो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध नाराबाजी गर्नेको प्रहरीले मुख थुनेको छ।

५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा एक युवाले उनकै अगाडि ‘बैंकको मिटर ब्याज मिनाह गर’ भन्दै नारा लगाएका थिए।

उनलाई नियन्त्रणमा लिएर प्रहरीले मुख थुनेपछि अर्का युवकले समेत प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।

प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएर भ्यानमा राखेर लैजाँदै गर्दा अर्का एक युवाले पनि नाराबाजी गरेका थिए।

उनको पनि मुख थुन्दै प्रहरीले नियन्त्रणमा लिएको छ।

चैत ७, २०७९ मंगलबार १९:१९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।