‘राहदानी प्रकरणमा रवि लामिछाने र प्रधानमन्त्रीबीच लेनदेनको आशंका’

‘राहदानी प्रकरणमा रवि लामिछाने र प्रधानमन्त्रीबीच लेनदेनको आशंका’

काठमाडौं : नेपाल विवेकशील पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको राहदानी छानविनकाे सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग लेनदेन भएको आशंका गरेको छ।

विदेशी राहदानी हुँदा-हुँदै नेपाली राहदानी लिएको भन्ने विषयमा परेको उजुरीमा महान्यायधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय प्रधानमन्त्रीले विश्वासको मत लिने दिन आउनु र उक्त पार्टीले सरकारलाई विश्वासको मत पनि प्रदान गर्नुले लेनदेन भएको आशंका उब्जिएको पार्टी प्रवक्ता विजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ- ‘२०७९ माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजालसले गरेको निर्णयमा पनि रवि लामिछानेको राहदानीको हकमा अन्य निकायहरूले अनुसन्धान गरिरहेको भन्दै त्यो प्रक्रिया न्यायिक ढंगले बढ्न सक्ने संकेत गरेको भन्दै पार्टीले फैसलामा उल्लेख गरिएको कुरालाई पनि नजरअन्दाज गर्दै गरिएको सरकारी निर्णयले कानूनको आँखामा सबै बराबर भन्ने सिद्धान्तलाई पनि मानेको जस्तो देखिएन।’

पार्टीले न्यायिक पुनरावलोकन गरी निरुपण गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसका अध्यक्ष रवि लामिछाने तथा नेपाल सरकारको प्रतिष्ठा नागरिकका दृष्टिमा सही ठानिने हुँदा त्यसमा सहयोग गर्नसमेत आग्रह गरेको छ।

चैत ७, २०७९ मंगलबार १६:२३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।