पारिवारिक झगडाको कारण पाकिस्तानमा गोली हानी ११ जनाको हत्या

पारिवारिक झगडाको कारण पाकिस्तानमा गोली हानी ११ जनाको हत्या

एजेन्सी : पाँच दशक लामो सयमदेखि चलिरहेको पारिवारिक झगडाको कारण पाकिस्तानमा ११ जनाको हत्या भएको छ।

उत्तरपश्चिम पाकिस्तानमा बन्दुकधारीहरुले एक प्रमुख स्थानीय राजनीतिज्ञसहित एघार व्यक्तिको हत्या गरेको प्रहरीले जनाएको हो।

खैबर पख्तुनख्वा प्रान्तको जिल्ला परिषद्का नेता ४२ वर्षीय आतिफ मुन्सिफ खानको सोमबार राति इस्लामाबादबाट ३३ किलोमिटर उत्तरमा रहेको हवेलियन सहरमा हत्या भएको हो।

खान, उनका अंगरक्षक र प्रहरसहित १० जनालाई बोकेको गाडीमा दुई तर्फबाट पाँच जनाले गोली चलाएको र ती सबैको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

आक्रमणपछि गाडीमा आगो लागेको र गाडीमा सवार सबै जिउँदै जलेको प्रहरीले जनाएको छ।

परिवारबीचको पाँच दशक लामो प्रतिशोधको कारणले आक्रमण भएको जनाइएको छ।

खान परिवारले आफ्ना प्रतिद्वन्द्वीहरूलाई हत्याको दोष लगाउँदै लगभग पाँच दशक पुरानो झगडाको कारण देखाउँदै पुलिसमा उजुरी दर्ता गरेका स्थानीय वरिष्ठ प्रहरी अधिकारी, साजिद तानोलीले जनाएका छन्।

यसअघि पुरानै झगडाको कारण खानका बुबा र हजुरबुबाको पनि ज्यान गएको बताइएको छ।

चैत ७, २०७९ मंगलबार १४:५०:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।