कर्णाली स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी र नेविसंघको वर्चश्व
सुर्खेत : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत कर्णालीका अधिकांश क्याम्पसहरूको नतिजा आइसक्दा अखिल क्रान्तिकारी र नेविसंघको वर्चश्व रहेको छ।
प्रदेशभित्रका ३९ वटामध्ये ३३ वटा क्याम्पसहरूको नतिजा सार्वजनिक भइसकेको छ। १७ वटा क्याम्पसमा निर्विरोध नतिजा आएको थियो भने आइतबार १८ वटा क्याम्पसमा चुनाव भएको थियो।
नतिजा आएका मध्ये १५ वटा क्याम्पसहरूमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले वर्चश्व जमाएको छ।
यस्तै नेपाली कांग्रेस निकट नेविसंघले १२ वटामा विजयी हुँदा नेकपा एमाले निकट अनेरास्ववियु भने जम्मा ५ वटा क्याम्पसमा सीमित बनेको छ।
एक क्याम्पसमा भने स्वतन्त्र उम्मेदवारले जितेका छन्। कपुरकोट बहुमुखी क्याम्पस सल्यानमा स्वतन्त्र उम्मेदवार रामप्रसाद आचार्यले जितेका हुन्। उनी नेविसंघबाट टिकट नपाएपछि स्वतन्त्र लडेका थिए।
त्यसैगरी अखिल क्रान्तिकारीबाट विजयी हुनेमा जनचेतना बहुमुखी क्याम्पस कालिकोटमा पार्वती सन्ज्याल, तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटमा हिक्मत सिंह, जहारी क्याम्पस, खोलागाउँ रुकुम पश्चिममा भरत विक, राडिज्यूला शिक्षा क्याम्पस,आठबिसकोट रुकुम पश्चिममा दिपक केसी रहेका छन्।
अखिल क्रान्तिकारीबाटै सिंजा बहुमुखी क्याम्पस सिंजा जुम्लामा सन्तोष आचार्य, स्यार्पु बहुमुखी क्याम्पस रुकुम पश्चिममा किरण विश्वकर्मा, सानोभेरी शिक्षा क्याम्पस रुकुम पश्चिममा वीरभान भण्डारी, सितल क्याम्पस चौरजहारी रुकुम पश्चिममा निराजन केसी, सिम्रुतु क्यापस, त्रिवेणी रुकुम पश्चिममा निर्मला बुढाथोकी रहेका छन्।
चतुर्देव क्याम्पस रातापानी मुगुमा मन्सुर कार्की, बनगाड क्याम्पस सल्यानमा अजय विष्ट, थारल्ला बहुमुखी क्याम्पस दार्मा सल्यानमा बरुण न्यौपाने, लिखु संयुक्त क्याम्पस डोल्पामा रनचन्द्र शाही, जनज्ञानकुञ्ज क्याम्पस जाजरकोटमा जागेश्वर थापा र जनकल्याण क्याम्पस थारमारे सल्यानमा एकराज ओली अखिल क्रान्तिकारीबाटै निर्विरोध निर्वाचित भएका छन्।
यस्तै नेविसंघबाट चामुण्डा कलेज दैलेखमा सुनिलकुमार शाही, आठबिस शिक्षा क्याम्पस तिलेपाटा दैलेखमा नगेन्द्रबहादुर शाही, द्रोणाचल बहुमुखी क्याम्पस दुल्लु दैलेखमा प्रकाश थापा, रारा बहुमुखी क्याम्पस मुगुमा राज तामाङ, विद्यापुर जनता बहुमुखी क्याम्पस सुर्खेतमा चेतन नेपाली, जुम्ला बहुमुखी क्याम्पस जुम्लामा महेश हमाल निर्वाचित भएका छन्।
नेविसंघबाटै डोल्पो क्याम्पस डोल्पामा खिमबहादुर रोकाय, भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोटमा प्रकाशसिंह ठकुरी, र रुकुमेली क्याम्पस, खलङ्गा रुकुम पश्चिममा अनिशेष केसी विजयी हुँदा नन्दादेवी बहुमुखी क्याम्पस कालिकोटमा जुनिता विष्ट, गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतमा गोपाल खड्का, मानसरोबर बहुमुखी हुम्लामा नरेन्द्र भण्डारी निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी अनेरास्ववियुबाट सिम्ता बहुमुखी क्याम्पस सुर्खेतमा घनश्याम रेग्मी र भेरी क्याम्पस गुमी सुर्खेतमा शक्ति पौडेल निर्वाचित भएका छन्।
अनेरास्ववियुकै अमरदीप क्याम्पस सुर्खेतमा अनुप ढकाल, हिम शिखर बहुमुखी क्याम्पस सुर्खेतमा सिर्जना रसाइली र सल्यान बहुमुखी क्याम्पस सल्यानमा राजेश वली निर्विरोध निर्वाचित भएका छन्।
कर्णालीमा मध्यपश्चिम विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ३८ वटा क्याम्पस र १ विश्वविद्यालय छन् भने ३ वटा विश्वविद्यालयका आंगिक क्याम्पस प्रदेश बाहिर छन्। यस्तै मध्यपश्चिम विश्वविद्यालयसहित ४ वटामा विविध कारण चुनाव हुन सकेन ।
चैत ७, २०७९ मंगलबार ०७:३९:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।