बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

बुटवल : बुटवल बहुमुखी क्याम्पसमा नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ।

अखिलका दुर्गबहादुर एमसीसहित प्यानलका सम्पूर्ण सदस्य निर्वाचित भएका हुन्। अखिलका एमसीले १ हजार २१४ मत प्राप्त गरे।

उनका निकटतम् प्रतिस्पर्धी माओवादी निकट अखिल क्रान्तिकारीका शिवबहादुर खवासले ६३५ र कांग्रेसनिकट नेविसंघका सागर पौडेलले ४७४ मत ल्याए।

त्यसैगरी सचिव पदमा नीलकण्ठ पाण्डेय र कोषाध्यक्ष पदमा शशांक बस्याल विजयी भएका छन्।

कूल ७ हजार ११० मतदाता रहेको क्याम्पसमा २ हजार ६८१ मत खसेको थियो। बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले ०४९ सालदेखि जित्दै आएको छ।

चैत ६, २०७९ सोमबार १४:०८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।