कलाकार रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
भक्तपुरको सूर्यविनायक नगरपालिकामा जन्मेकी कलाकार रश्मिको कलाकारिता यात्रा गायनबाट सुरु भयो। उनी परिवारमा जन्मिएका ५ सन्तान मध्ये माइली हुन्।
एक भाइ र तीन दिदीबहिनीबीचकी रश्मिलाई सानैदेखि गायन, अभिनयतिर रुची थियो। तर सुरुमा रश्मिलाई माइतीबाट खासै साथ र सहयोग भएन। तर उनको कलाकारिता प्रतिको झुकावलाई रोक्न नसकेर पछि भने साथ दिन करै लाग्यो।
भाग्यबस्, विवाह गरेको घरमा भने उनको कलालाई सम्मान गरियो। विवाह पश्चात् कलाकारिता यात्रामा पूर्ण रुपमा निस्किएकी उनले चरित्र अभिनेत्रीका रुपमा सयौं फिल्ममा अभिनय गरिसकेकी छन्। २ सन्तानकी आमा उनै कलाकार रश्मि भट्टले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साटिन् :
जे कुरा सहज रुपमा पाइन्छ, त्यसको खासै महत्व हुँदैन। कलाकारिता मैले सहज रुपमा पाइनँ, त्यसैले यो मेरा लागि धेरै महत्वपूर्ण छ। सानैदेखि गीत गाउन, अभिनय गर्न, नाच्न मन पराउने स्वभावको थिएँ।
विद्यालयमा नाच्ने, गाउने भनेपछि मेरो मन फुरुङ्ग हुन्थ्यो। विभिन्न ठाउँमा विद्यालयको प्रतिनिधित्व गरेर पुरस्कार पनि ल्याउँथे, कलाकारिता प्रस्तुत गरेर।
बच्चा पेटमा आएको कुरा लाजले घरमा भन्न पनि सकिनँ। एक्कैचोटी ६ महिनाजस्तो पुगेपछि पेट लुकाउन नसकेकाले मात्रै घरमा म गर्भवती भएको थाहा पाउनुभयो।
संयोग नै मान्नुपर्छ, मायाको जाल भन्ने भिडियो मेरो घरकै आँगनमा सुटिङ भयो। त्यो कलाकार रमा थपलिया दिदीको डेब्यु भिडियो समेत हो। मैले पनि उहाँसँगै भिडियोमा सानो भूमिकामा अभिनय गर्न पाएँ।
त्यही समयमा रेडियोमा कार्यक्रम चलाउनेदेखि पत्र पत्रिकामा काम गर्ने अवसर पाएँ। कपडा सिलाउने कामदेखि नाच्ने कलासम्म सिकें। कलाकारिता त जहिले पनि सिक्ने सिकाउने काम नै हो।
मैले भक्तपुरमा वेलकम पार्टीमा गीत गाएको थिएँ। ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ भन्ने गीतले माहोल तताएको थियो। त्यही प्रस्तुति देखेर भक्तपुरका दुई दाइहरु राम श्रेष्ठ र अन्जान श्रेष्ठले गीत रेकर्डका लागि प्रस्ताव राख्नुभयो।
मेरो पहिलो गीटत रेकर्ड भयो। हरि बहादुर राउत र म मिलेर गाएको गीत ‘फुलको बोटैमा मेरो दिल बस्यो लाली ओठैमा’ र ‘पर्यो झम्मार काँबाट भेट्टायौं टेलिफोन नम्बर’ भन्ने गीत त्यो समयमा टीभीबाट एकदम धेरै बज्थ्यो। त्यसपछि धेरै विज्ञापनमा मैले काम गरें।
मेरो दिदीको भन्दा २ वर्ष अगाडि नै मेरो बिहे भयो। त्यति बेला म रेडियोका काम गर्थें। मेरो श्रीमानको साथी पनि रेडियोका काम गर्नुहुन्थ्यो। रेडियोमै हाम्रो चिनजान भयो। अहिले पनि हामी एक अर्कालाई सम्बोधन गर्दा सर र म्याडम नै भन्छौं।
मेरो श्रीमान घरको कान्छो छोरो। उहाँलाई विवाहका लागि परिवारले हतार लगाउनुभएछ। अरू केटीसँग विवाह गर्न नमान्नु, उहाँको मन म तिर आउनु र घरमा विवाहको प्रेसर बढ्नु एकैपटक भएछ।
हामी दुवैको मन्जुरीमा, मेरो माइतीले आँगन पोलेर विवाह गरिदिनु भयो। यसलाई मागी विवाह भन्न पनि मिल्दैन। प्रेम भएर, एक अर्काबिना बाँच्न नसक्ने भएर भएको विवाह पनि भन्न मिल्दैन। किनभने विवाह अघि हामीले सँगै बसेर एक कप चिया समेत पिएनौं।
जातका कारण विवाह भइसकेपछि झण्डै २ वर्ष केही समस्या भने आयो। म क्षेत्रीको छोरी, उहाँ बाहुनको छोरा। संस्कार, संस्कृति फरक हुँदा भएको समस्या मैले भोगेकी छु।
विवाह भइसकेपछि सुरुमा वैवाहिक जीवन कहाली लाग्दो लाग्यो। एकैचोटी नयाँ नयाँ नाताहरू थपिए। कसैकी भाउजू, कसैकी बुहारी, कसैकी काकी, कसैकी माइजू बनें।
म कस्तो मान्छे होला, अरू सबै लेवर पेनले चिच्याइरहेका थिए, मलाई भने चिच्याउन समेत लाज लाग्यो। सबैले हेरिरहेका छन्, यस्तो बेला कसरी चिच्याउने होला भन्ने भयो। सकेसम्म दाँत किटेर सहेर बसें।
विवाहपछि आउने नाता स्वीकार्न समेत समय लाग्ने रहेछ। सुरुमा त कसैले भाउजू, बुहारी भनेर बोलाउँदा मुटु ढक्क फुलेर सास अड्केको जस्तो हुन्थ्यो।
विवाह गरेको तीन वर्षपछि म गर्भवती भएँ। पढ्दै थिएँ, पढाइ पूरा गरेर योजनामै हामीले बच्चा जन्माएका हौं। पहिलो बच्चा पेटमा आएको महिनावारी रोकिएबाटै थाहा भयो। तर खै किन हो मलाई त डर लाग्यो। मनमा अनेक कुराहरू खेल्न थाले।
यसलाई कसरी जन्माउने, हुर्काउने, पढाउने भन्ने चिन्ता लाग्न थाल्यो। यता आफ्नो करिअरको पनि चिन्ता लाग्यो। बच्चा पेटमा आउँदा म कलाकारिता यात्राको बीचमा थिएँ। बच्चा जन्माउनु नेचुरल कुरा हो भन्ने थाहा हुँदाहुँदै पनि स्वीकार्न गाह्रो भयो।
महिनावारी रोकिए पनि अन्यलाई जस्तो वाकवाकी आउने भएन। खाना पनि मज्जासँग रुच्थ्यो। तर रिंगटा भने मज्जासँग लाग्थ्यो। वाकवाकी नलागेकाले होला, घरमा मेरो पेटमा बच्चा आएको कसैले नोटिस नै गर्नुभएन।
बच्चा पेटमा आएको कुरा लाजले घरमा भन्न पनि सकिनँ। एक्कैचोटी ६ महिनाजस्तो पुगेपछि पेट लुकाउन नसकेकाले मात्रै घरमा म गर्भवती भएको थाहा पाउनुभयो।
त्यो पीडा निकै दर्दनाक थियो। १०८ औटै हड्डी भाँचिंदा समेत त्यस्तो दुखाइ हुँदैन होला। त्यो समयमा मेरो मनमा यदि केटा मान्छेले बच्चा पाउन परे के गर्थे होलान् भन्ने भावना आएका थिए।
बुबा त्रिभुवन विश्वविद्यालयमा हेल्थ डिपार्टमेन्टको प्राज्ञ हुनुहुन्थ्यो। बुबाले लाज मान्न हुँदैन भनेर आफैले शरीरका अंगहरू पढाउनेदेखि खुलेर महिनावारी, गर्भावस्थाको बारेमा घरमा कुरा गर्नुहुन्थ्यो। तर पनि मलाई भने यो कुरा स्वीकार्न समस्या भयो।
६ महिना भएपछि मात्रै म अस्पताल जाँच गराउन गएँ। टिचिङ अस्पतालमा ढिलो जचाउँन गएको भनेर डाक्टरले गाली गरेका थिएँ।
बच्चा जन्माउने व्यथा लाग्दा मलाई ढाँड र पेट नमज्जासँग दुख्यो। सुरुमा पाठेघरको मुख फुटेर पानी बग्ने रहेछ। राती ११ बजे त्यस्तो भयो। श्रीमान र म मात्रै थियौं।
श्रीमानले राती ट्याक्सी खोजेर ल्याउनुभयो र टिचिङ अस्पताल पुर्याउनुभयो। अस्पताल पुग्ने बित्तिकै बेड पाइएन। केही समय बाहिरै राख्यो।
म कस्तो मान्छे होला, अरू सबै लेवर पेनले चिच्याइरहेका थिए, मलाई भने चिच्याउन समेत लाज लाग्यो। सबैले हेरिरहेका छन्, यस्तो बेला कसरी चिच्याउने होला भन्ने भयो। सकेसम्म दाँत किटेर सहेर बसें।
तर धेरै गाह्रो भइसकेपछि मलाई केही समयपछि लेवर रुममा लगियो।
त्यो पीडा निकै दर्दनाक थियो। १०८ औटै हड्डी भाँचिंदा समेत त्यस्तो दुखाइ हुँदैन होला। त्यो समयमा मेरो मनमा यदि केटा मान्छेले बच्चा पाउन परे के गर्थे होलान् भन्ने भावना आएका थिए।
अनि हजुरआमा, आमाको खूब याद आएको थियो। मैले नर्मल डेलीभरीबाट रातको १ बजेतिर छोरो जन्माएँ। बच्चा पेटमा हुँदा सबैले अस्पतालमा बच्चा साटिदिन्छन् भनेका थिए।
बच्चा निकाल्ने बित्तिकै खुट्टामा समातेर तुन्दु्रुङ झुण्ड्याइएको थियो। अनि प्याट प्याट हानेपछि बल्ल बच्चा रोएको थियो। मलाई बच्चा निकालेपछिको काम केही थाहा छैन, ध्यान सबै बच्चामै थियो। उसलाई नुवाई धुवाइ गरेर छातीमा नटाँसिदिएसम्म मेरो ध्यान अन्त कतै गएन।
जेठो छोरो साँढे दुई वर्षको भएपछि म फेरि गर्भवती भएँ। यो पनि मेरा योजना नै थियो। किनभने बच्चालाई साथी चाहिन्छ भन्नेमा म ढुक्क थिएँ। मेरो श्रीमान भने नपाउने भन्दै हुनुहुन्थ्यो तर मेरै करमा दोस्रो बच्चा कन्सिभ भयो।
पहिलो सन्तानको समयमा जति पनि समस्या भएन दोस्रो बच्चाको समयमा। किनभने दोस्रो बच्चाको समयमा म धेरै अनुभवी भइसकेकी थिएँ।
परिवारको फोटो सामाजिक सञ्जालमा खासै राख्दिन। त्यसैले मेरा प्यारा दर्शकहरुलाई मेरो सम्बन्ध विच्छेद भएको जस्तो लागेछ।
दोस्रो बच्चाको समयमा पनि वाकवाकी लाग्ने, खान मन नलाग्ने जस्ता समस्या आएन। रिंगटा लाग्ने र कमजोर महसुस हुने भने भएको थियो।
दोस्रो बच्चाको समयमा पनि मैले नियमित चेक जाँच टिचिङमै गरें। मलाई हेर्ने नर्स समेत एउटै परेको थिइन्। क्याविन र बेड समेत पहिलो र दोस्रो बच्चाको समयमा एकै भयो। दोस्रो बच्चा पनि छोरो नै जन्मियो।
दुई छोरा जन्मिए। मलाई भने जसरी पनि एउटा छोरी जन्माउने मन थियो। तर काठमाडौंको महँगीदेखि उसको खानपान, लालनपालन सम्झेर आँट आएन।
बच्चा साना भए पनि काममा जान छाडिनँ। बच्चा हेर्न एक महिला राखेकी थिएँ। दिनमा २० सटसम्म सुटिङ गर्थें। धेरै व्यस्त थिएँ।
अहिले समय समयमा छोराहरूले उनिहरूलाई हेर्न राखेको महिलाको कुरा गर्छन्। उसले राम्रो व्यवहार नगर्ने सुनाउँछन्। त्यो समयमा मलाई नरमाइलो लाग्छ।
आफ्नो बच्चालाई छाडेर हिंड्दाको पीडा कति थियो, त्यो म बिर्सन चाहन्छु तर उनिहरु भने आमासँग बस्न नपाउँदा र काम गर्ने महिलाले गर्ने व्यवहार सम्झाइरहन्छन्।
अहिले जेठो छोरा २४ वर्षको भयो। कान्छो २२ को। परिवारको फोटो सामाजिक सञ्जालमा खासै राख्दिन। त्यसैले मेरा प्यारा दर्शकहरुलाई मेरो सम्बन्ध विच्छेद भएको जस्तो लागेछ।
एकपटक एकजना भाइले बडो दुखी भएर दिदी तपाईं त सम्बन्ध विच्छेद भएको रहेछ है भन्यो। उसको दुखी भावलाई खलबल्याउन मन लागेन र हो नि भाइ, जिन्दगी यस्तै हो भनिदिएँ। पछि उसको खुसी मुड भएको समयमा मात्रै सत्य कुरा भनें।
चैत ५, २०७९ आइतबार २०:३५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।