हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

बुटवल : हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार क्लब तिलोत्तमा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुटवलमा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्डकपको आइतबार भएको खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबलाई १-० ले हरायो।

खेलको दोस्रो हाफको ३८ औं मिनेटमा थ्री स्टारका दीपेश गुरुङले गरेको गोल नै निर्णायक बनेको थियो। खेलको म्यान अफ द म्याचको उपाधि भने थ्री स्टारका लोकेन लिम्बुले जिते।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी छन्।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

५ चैत, २०७९, १८:२९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।