इक्वेडर र पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, हालसम्म १६ जनाको ज्यान गयो

इक्वेडर र पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, हालसम्म १६ जनाको ज्यान गयो

एजेन्सी : दक्षिण अमेरिकी देश इक्वेडरमा गएको शक्तिशाली भूकम्प परि कम्तिमा १६ जनाको मृत्यु भएको छ।

सीएनएनका शनिबार अनुसार देशको दक्षिणी भेग र पेरुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको हो।

हालसम्म भूकम्पका कारण घाइते हुनेको संख्या ४०० नजिक पुगेको बताइएको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित ओरु प्रान्तमा ११ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

भूकम्पका कारण धेरै भवनमा क्षति पुगेको र भग्नावशेषमा फसेका मानिसहरूको उद्धार कार्य जारी रहेको बताइएको छ।

चैत ५, २०७९ आइतबार १०:५६:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।