संसदको बैठक आज बस्दै, सत्य निरुपण र बेपत्ता छानबिनसम्बन्धी विधेयक पेस हुने

संसदको बैठक आज बस्दै, सत्य निरुपण र बेपत्ता छानबिनसम्बन्धी विधेयक पेस हुने

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा सत्य निरुपण र बेपत्ता छानबिनसम्बन्धी विधेयक पेस हुने कार्यक्रम रहेको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पेस गर्ने कार्यसूची रहेको छ।

हिजो (शनिबार) बसेको सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठकले संसद्‌मा पेस गरिने यस संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकसाथ प्रस्तुत हुने सहमति गरिसकेका छन्।

साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका प्रचण्डले आजै ‘संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ समेत पेस गर्ने छन्।

५ चैत, २०७९, ०९:००:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।