हालान्डले गरे लगातार दोस्रो खेलमा ह्याट्रिक, म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

हालान्डले गरे लगातार दोस्रो खेलमा ह्याट्रिक, म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

एजेन्सी : बर्नलेलाई ६-० गोलको फराकिलो अन्तरले हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सिटीको सानदार जितमा एर्लिङ हालान्डले ह्याट्रिक गरे। सिटीका लागि जारी सिजनमा उनको यो ४२ औं गोल हो।

घरेलु मैदान इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा हालान्डले तीन गोल गर्दा अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल गरेका थिए।

नर्वेका फरवार्ड हालान्डले सिटीका लागि लगातार दोस्रो खेलमा ह्याट्रिक गरेका हुन्। यसअघि गतहप्ता उनले च्याम्पियन्स लिगको खेलमा आरबी लाइप्जिगसँग पनि ह्याट्रिकसहित ५ गोल गरेका थिए।

खेलमा पहिलो हाफमा दुई गोल गरेको सिटीले दोस्रो हाफमा ४ गोल थपेको थियो।

५ चैत, २०७९, ०८:४५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।