पारसको टिम लेजेन्ड्स क्रिकेटको फाइनलमा, भारतीय टोली ८५ रनले पराजित

पारसको टिम लेजेन्ड्स क्रिकेटको फाइनलमा, भारतीय टोली ८५ रनले पराजित

काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का समेतको एसिया लायन्स ‘लेजेन्ड्स क्रिकेट मास्टर्स’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएको एलिमिनेटर खेलमा एसिया लायन्सले इन्डिया महाराजलाई ८५ रनको फराकिलो अन्तरले हरायो।

प्लेइङ ११ मा परे पनि पारस खड्काले भने खेलमा ब्याटिङ र बलिङ दुवै गर्ने मौका पाएनन्। 

खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जसका लागि ओपनर उपुल थरंगाले ३१ बलमा सर्वाधिक ५० रनको योगदान दिएका थिए। 

यसपछि १९२ रनको विशाल लक्ष्य पछ्याएको भारत १६.४ ओभरमा १0६ रनमै अल आउट भयो। अब उपाधिका लागि एसिया लायन्सले सोमबार वर्ल्ड जायन्ट्ससँग फाइनल भिडन्त गर्नेछ।

५ चैत, २०७९, ०८:२१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।