रेजिनालाई हराउँदै मोहन निरौला बने चलचित्र कलाकार संघको अध्यक्ष

रेजिनालाई हराउँदै मोहन निरौला बने चलचित्र कलाकार संघको अध्यक्ष

काठमाडौं : कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला निर्वाचित भएका छन्।

शनिबार सम्पन्न १९औं साधारणसभामा भएको निर्वाचनमा कुल खसेको ४६८ मत मध्ये २३५ मत प्राप्त गर्दै निरौला विजयी भएका हुन्।

उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन्।

संघ स्थापना हुँदा नै सदस्य रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका छन्।

उपाध्यक्षमा भने कविता गेलाल र शिवहरि नेपाल ‘वैरागी’ तथा महासचिवमा सविन श्रेष्ठ निर्वाचित भए।

५ चैत, २०७९, ०८:०४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।