रोनाल्डोलाई बोलाइयो पोर्चुगलको टिममा​​​​​​​, विश्वकपपछि अन्योलमा थियो अन्तर्राष्ट्रिय करियर

रोनाल्डोलाई बोलाइयो पोर्चुगलको टिममा​​​​​​​, विश्वकपपछि अन्योलमा थियो अन्तर्राष्ट्रिय करियर

एजेन्सी : ३८ वर्षीय स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पोर्चुगलको राष्ट्रिय टिममा बोलाइएको छ।

पोर्चुगिज टिमका नयाँ प्रशिक्षक रोबर्टो मार्टिनेजले भेट्रान खेलाडी रोनाल्डोलाई टिममा समावेश गरेका हुन्।

विशेषगरी कतार विश्वकपमा पोर्चुगलको खराब प्रदर्शनपछि उनको अन्तर्राष्ट्रिय करियर अन्योलमा परेको थियो।

विश्वकपको क्वाटरफाइनलमा पोर्चुगल कमजोर मानिएको मोरक्कोसँग पराजित भएको थियो। यसपछि रोनाल्डो रुँदै मैदानबाट बाहिरिएका थिए।

रोनाल्डो युरोकप २०२४ को छनोट खेल खेल्नको लागि टिममा परेका हुन्। पोर्चुगल युरोकप छनोटको समूह ‘जे’ मा रहेको छ।

पोर्चुगलले यसै महिना लिचेस्टाइन र लक्जेमवर्गसँग दुई छनोट खेल खेल्दैछ।

४ चैत, २०७९, १६:४७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।