टेबल टेनिसमा ओलीको रुचि (चार तस्बिर)

टेबल टेनिसमा ओलीको रुचि (चार तस्बिर)

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निवासम टेबल टेनिसमा रमेका छन्।

शनिबार कुनै औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम नभएपछि ओली टेनिसमा रमाएका हुन्।

अध्यक्ष ओलीले विभिन्न खेलकुदका रुचि राख्छन् र आफैँ पनि कहिलेकाहिँ खेल्छन्। यसअघि उनले क्यारम बोर्ड र स्नुकरसमेत खेलेको भिडियो सार्वजनिक भएको थियो।

उनको सचिवालयले सार्वजनिक गरेको तस्बिरमा उनी एक अर्का वृद्ध र युवतीसँग टेबल टेनिस खेलेका छन्।

४ चैत, २०७९, १२:३७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।