नवनिर्वाचित उपराष्ट्रपतिलाई आयोगको प्रमाणपत्रसँगै प्रचण्ड र देउवाको बधाई

नवनिर्वाचित उपराष्ट्रपतिलाई आयोगको प्रमाणपत्रसँगै प्रचण्ड र देउवाको बधाई
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएको छ।

शुक्रबार एक समारोहका बीच नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र दिएका हुन्।

आयोगले प्रमाणपत्र दिएलगत्तै यादवलाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्तारुढ दलका नेताहरूले बधाई दिएका थिए।

शुक्रबार विहान १० बजेदेखि ३ बजेसम्म भएको मतदानमा ३० हजार ३२८ मतभारका साथ यादव उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए।

उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदको मत पाइन्।

जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिएका थिए।

उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाएकी थिइन्। उनले रामसहायप्रसाद यादवलाई नै समर्थन गर्ने घोषणा गरेकी थिइन्।

३ चैत, २०७९, १८:३५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।