हरिवंश आचार्य र शान्तिश्री परियारको स्वरमा ‘काउली’ सार्वजनिक, प्रकाश र प्रियंकाले बाँधे जोडी

हरिवंश आचार्य र शान्तिश्री परियारको स्वरमा ‘काउली’ सार्वजनिक, प्रकाश र प्रियंकाले बाँधे जोडी

काठमाडौं : हाँस्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ।

लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छन्।

गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन्। भिडियोमा उनीसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन्।

गीतको भिडियोमा चेलबेटी बेचबिखनको सन्देशसमेत दिन खोजिएको छ। गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन्।

श्यामश्वेत रसाईलीले एरेन्ज गरेको गीतको भिडियो गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन्।

३ चैत, २०७९, १६:४२:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।