उपराष्ट्रपति निर्वाचनमा ८२९ मत खस्यो

उपराष्ट्रपति निर्वाचनमा ८२९ मत खस्यो

काठमाडौं : उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ।

शुक्रबार बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको हो।

उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी जम्मा ८२९ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

अब केहीबरेमा मतगणना सुरु गरिने र साँझ छ बजेसम्म मतपरिणामा सार्वजनिक गरेर प्रमाणपत्र वितरण गर्ने निर्वाचन आयोगको कार्यतालिका छ।

३ चैत, २०७९, १५:१८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।