पोस्टपेड ग्राहक लक्षित नेपाल टेलिकमको नयाँ योजना, ६३६ रुपैयाँमा अनलिमिटेड भोइस र डेटा

पोस्टपेड ग्राहक लक्षित नेपाल टेलिकमको नयाँ योजना, ६३६ रुपैयाँमा अनलिमिटेड भोइस र डेटा

काठमाडौं : नेपाल टेलिकमले पोस्डपेड ग्राहक केन्द्रित गरेर ‘सजिलो अनलिमिटेड भोइस एन्ड डेटा पोस्टपेड–६३६’ योजना ल्याएको छ।

शुक्रवारदेखि लागु हुने गरी आएको नयाँ योजनामा पोस्टपेड ग्राहकले ६३६ रूपैयाँमा ३० दिनका लागि नेपाल टेलिकमको नेटवर्कमा अनलिमिटेड कल गर्न पाउने सुविधा रहेको कम्पनीले जानकारी दिएको छ।

योजना अनुसार प्रयोगकर्ताले अन्य नेटवर्कका लागि एक सय मिनेटको कल अवधि र एक सय पचास वटा एसएमएस पठाउन सकिने सुविधा छ।

प्रयोगकर्ताले हरेक दिन तीन सय एमबी डाटा प्रयोग गर्न सक्ने र डाटा सकिएमा ६४ केबीपीएस गतिको इन्टरनेट चलाउन पाइने कम्पनीले जानकारी दिएको छ।

३ चैत, २०७९, १५:००:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।